Saturday, March 18, 2017

लण्डनतिर डेरा सर्ने भईन ; गायिका मेलिना

लण्डन, चैत्र ०५ । संगीतकार बसन्त सापकोटाले संगीत भरेको ‘ तिम्रो घरको पल्लो घरमा डेरा सर्ने मेरो चाहना’ बोलको म्युजिक भिडियोलाई इ-मेडिया हब लिमिटेड लण्डनले आफ्नो सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरेका छन् ।

‘अलग उपहार’ नामक एल्बममा समाबेश उक्त गीतलाई गीतकार नवराज राईले रचना गरेका हुन् । गीतकार राईले मोडर्न टेक्नोलोजि मार्फत प्रेमी–प्रेमिका बिचको अन्तर सम्वादलाई मुख्य आसय राख्दै मन भित्र सझिएका प्रियशीसँग अप्रत्याशित बिछोडिएपछि उनको यादमा बिछिप्त वनेको मनहरुलाई आफै सम्हाल्दै गीत मार्फत बेदना प्रस्तुत गरेका छन् । उक्त गीतको भिडियोमा मोडल पुष्प खड्का र नम्रता सापकोटाको जीवन्त अभिनित भिडियोमा गायक रेवत र मेलिनाले फिचरिङ गरेका छन् ।

उत्सब दाहालको उत्कृष्ट छायांकनलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने अर्जुन अधिकारीले निर्देशन गरेका छन् । गायिका मेलिना राई पुर्व मोरङबाट उदाएकी नक्षेत्र तारा हुन भने गायक रेवत खोटाङ्गबाट सांगीतिक धरातालमा प्रवेश गरेका हुन्।

२०५५ सालमा प्रवेसीकाको परिक्षा सके लगतै गीतकार राई बेलायती गोर्खा सैनिकमा भर्ति भएका एक उदाहरणीय कवि तथा साहित्यकार हुन्। सैनिक जीवनसँगै उनले सांगीतिक यात्रालाई बिभिन्न ठाउँका महोत्सवहरुमा प्रस्तुत गरीरहे । नेपालबाट धेरै टाढा क्षितिजपारीको देशमा रहेपनि गीतकार राई बाल्यवस्थाबाटै साहित्यमा चासो राखिरहन्थे । उनको डायरीमा गीत,कविता कलिलो उमेरबाटै जमिन थालिसकेका थिए । गाँउ र समाजले लाहुरे प्रति हेरिने जुन दृष्टिले गीतकार नवराजलाई आफ्नो सुन्दर देशलाई केहि समयकोलागि छोड्न बाध्य भए ।

आखिर जहाँ रहेपनि उनको मन मष्तिस्कमा नेपालको र उनको प्रियसीहरुको मायाका दृश्य परिदृश्यहरु तछाड–मछाड गदै मन भित्र घुमिरहे अनि जन्म भयो यस गीतको । ‘तिम्रो घरको पल्लो घरमा डेरा सर्ने मेरो चाहना, बरन्डामा बसेर नगरन पढ्ने बहाना ।’ यस गीतलाई अहिलेका सर्वाधिक लोकप्रिय गायिका मेलिना राई र रेवत राईले आवाज दिएका छन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...