नेपालगन्ज, ५ चैत । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयनका लागि तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन गर्नुको विकल्प नभएको बताउनुभएको छ ।
प्रेस चौतारी, बाँकेद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आमनेपाली जनता निर्वाचनको पक्षमा छन्, कसैले निर्वाचनको विरोध गर्छ भने उनीहरुलाई जनताले नै ठेगान लगाउँछन्, भन्नुभयो ।
उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चुनावमा हारिने डरले विरोध गरिरहेको आरोप लगाउँदै जनमत छ भनी दावा गर्ने पार्टीले निर्वाचनबाट डराउनु हँुदैन भन्नुभयो । महासचिव पोखरेलले आफ्नो दलले देशव्यापी रुपमा थालेको मेची–महाकाली अभियान कसैको विरुद्धमा नभएको पनि स्पष्ट पार्नुभयो । रासस
No comments:
Post a Comment