आदरणीय सम्पुर्ण मेरिल्याण्डका हामी नेपाली परिवारहरुमा हार्दिक नमस्कार!!
म श्रीजन ताम्राकार, (मेरिल्याण्ड हामी नेपालीका संस्थापक) हाल बाना कार्यसमिति 2017/19 मा अध्यक्ष पदका लागि मेरो उम्मेदवारी र प्रतिबद्धता
१. सदस्यता: सम्पुर्ण बाल्टिमोर- मेरिल्याण्डवासीहरु नेपाली परिवारजनहरुलाई सजिलै सदस्य बन्न सकिने बाताबरणको सृजना गर्ने। शुरु गरिएको “साधारण सदस्यता अभियान” लाई अझै बिस्तार र ब्यबस्थापन गर्ने तथा सम्पुर्ण मेरिल्याण्डवासी नेपाली आधिकारिक पत्र भएकाहरु नेपालीहरुलाई संवत् सदस्यता निशुल्क गरिने।
२. पारदर्शीता: कार्यकालको पहिलो दिन देखी नै बानाको आर्थिक कारोवारको गतिविधिलाई प्रत्यक्ष रुपमा सम्पुर्ण बाल्टिमोर मेरिल्याण्डवासी बाना सदस्यहरुले बुझ्ने र बुझाउने सकिने गरि हरेक कार्यक्रमहरुको समाप्ति संगै विभिन्न आधिकारिक माध्यमहरुबाट सार्वजनिक रुपमा प्रकाशित गर्दै आर्थिक गतिविधिलाई पारदर्शी बनाउँदै लैजाने। अन्य कार्यक्रम र गतिविधिहरुको पारदर्शिताको लागि प्रत्येक तीन तीन महिनामा बानाको सदस्य, विभिन्न कमिटी सदस्यहरु तथा शुभचिन्तकहरु सहित सवै माझमा प्रगती विवरण सहित खुल्ला सार्वजनिक बहस कार्यक्रम गरिने।
३. आकस्मिक कोष: बाल्टिमोर – मेरिल्याण्डवासीलाई आईपर्ने हरेक घटना, दुर्घटना तथा विभिन्न अफ्ट्यारोहरुमा आवश्यक विभिन्न आकस्मिक कोषहरुको ब्यबस्थापन र कार्यान्वयन गर्ने।
४. तालिम तथा गोष्ठीको आयोजना : बाल्टिमोर – मेरिल्याण्डवासी नेपालीलाई अत्यावश्यक व्यावसायिक तथा समय सन्दर्भका अत्यावश्यक बौद्धिक तथा शैक्षिक तालिम तथा गोष्ठीहरुको आयोजना गर्ने।
५. नेपाल महोत्सव : बाल्टिमोर – मेरिल्याण्डवासी जनसमुदाय तथा संघसंस्थाहरु बिचको एकता र समृद्धिका लागि शुरु गरिएको “नेपाल महोत्सव” जस्तो गरिमामय कार्यक्रमहरुलाई अझै ब्यबस्थित गर्दै सबैको समान सम्मान, पहुँच र सहभागिताको लागि आवश्यक ब्यबस्थापन गर्ने। साथमा बिभिन्न खेलकुद प्रतियोगिताहरु तथा सांस्कृतिक कार्यक्रमको ब्यबस्थापन गर्दै अझै व्यापक जनसहभागीमुलक बनाउने।
६. साथ र सहकार्य : बाल्टिमोर – मेरिल्याण्डमा रहेका सम्पुर्ण आधिकारिक नेपाली संघसंस्थाहरु, नेपाली सरकारका स्थानीय निकायहरु, तथा अमेरिकी सरकारी स्थानीय निकायहरुसंग प्रत्यक्ष रुपमा सहभागी भैइ बाल्टिमोर – मेरिल्याण्डवासीहरुको हकहितका लागि आवश्यक हरेक कार्य गतिविधिहरुमा सहकार्य गर्ने ।
७. छाता संगठन : सम्पुर्ण बाल्टिमोर – मेरिल्याण्डवासी नेपालीहरुको हक हितका लागि खुलिएका विभिन्न उद्देश्यका सम्पुर्ण संघसंस्थाहरुको सह-अस्थित्वहरुलाई स्थापित र सहकार्य गर्दै छाता संगठनको रुपमा बानालाई स्थापित गर्दै लगिने।
८. सुचना केन्द्रको स्थापना सहित आवश्यक कार्यगत कमिटी/ समितिको गठन : बाल्टिमोर – मेरिल्याण्डवासी बिद्यार्थीको हकहितको लागि, खेलकुदको ब्यबस्थापनका लागि, आकस्मिक घटना दुर्घटनाका ब्यबस्थापनका लागि, तालिम तथा गोष्ठीको ब्यबस्थापनका लागि, आर्थिक तथा सामाजिक अभिबृद्दीकरण कार्यक्रमका लागि विभिन्न आवश्यक साना ठुला कमिटीहरुको गठन गरिने तथा जनसमुदायका लागि अत्यावश्यक “सूचना केन्द्र” को निर्माण गरिने छ।
९. भाषा स्कुल, बिद्यार्थी छात्रवृत्ति तथा सम्मान : बाल्टिमोर मेरिल्याण्डका अध्ययनरत सम्पुर्ण नेपाली बिद्यार्थीहरुको बौद्धिक शैक्षिक स्तर अभिबृद्दिको अध्ययनरत शैक्षिक संस्थाहरुसंग सहकार्य गर्दौ समयानुरुपको आवस्यक कार्यक्रमहरु ल्याइने। साथै स-साना भाइ बहिनीहरुको भाषा कक्षा तथा संस्कृतिक/ खेलकुद गतिविधिका लागि आवश्यक हरेक कुरामा बानाको “श्रोत साधन” परिचालन गरि हरेक आवश्यक सहयोग गरिने।
१०. माथि प्रस्तुत गरेका मेरा कार्यक्रम तथा प्रतिबद्धताहरुलाई पूरा गर्दै थप कार्यक्रमहरु आउने दिनहरुमा प्रस्तुत गर्दै जाने।
कृपया सक्दो शेयर तथा कमेन्ट गरेर साथ सहयोग र मार्गदर्शन गरिदिनहुन सम्पुर्ण आदरणीय दाजुभाइ दिदिबहिनी तथा परिवारजनहरुलाई हार्दिक अनुरोध पनि गर्दछु। धन्यबाद!!
..सवैको जय जय जय होस् ।
श्रीजन ताम्राकार,
बाना कार्यसमिति 2017/19 का अध्यक्षका उम्मेदवार
No comments:
Post a Comment