Friday, March 3, 2017

निस्वार्थ र सत्य समाजसेवी एक नेपाली चेली “अनु ओन्ता जि”

अनु ओन्ता शान्त छिन् तर अँधो र् बहिरो छैनन् । मलाई अनु जि को बारेमा किन लेख्न मन लाग्यो भने । चूनाबि अभियान को एक एक्लै पारीएकी र् लडेर देखाउछु भन्ने एक बहादुर महिला देख्छु । सबैले पद वोगत्न नपाई म् यो गर्छु म् त्यो गर्छु भनेर लेखेको देखे । आखिर जस्ले जस्तो नेत्रीत्व गर्छु भनेको छ ति सबै बाना भित्र को अहिलेको कार्यकारी चलाएर बसेका प्रतिनिधिहरुनै हो ।

भनेसी अनुजी भन्दा कसरी अलग ढंगमा जान सक्छ त ? यो सब एक महिला प्रतिनिधि माथि घोर राजनीति देख्छु । जहिले पनि जुन देशमा पनि महिला प्रतिनिदी उठेको बेला घन घोर राजनीति देख्छु । यो बाना को राजनीतिको पनि यही हाल देख्छु । अझ उदाहरण हेर्ने हो भने हिलारि माथिको राजनीति हेर्नुस् र् तेस्को पारीणाम हेर्नुस ।

अनु वोन्ताजी बाहेक एदी अरुले बानामा सबै भन्दा राम्रो काम गर्न सक्छु भन्छ भने त्यो हावाको कुरा हो र् यो चुनाबी अभियान हो । यो बानालाई टुक्रा पार्ने राजनीतिक सदयन्त्र हो । समाज सेवाको लागि पदमा पहिला मलाई जिताउनुस् अनी सफल कार्य गर्छु भन्छ भने त्यो राजनीतिक सदयन्त्र बाहेक अरु केही देख्दिन । आज सम्म बानाको लागि पहिला काम र् पछी भोट कस्ले मागेको छ । आफ्नो खल्ती बाट पैसाको पोको निकालेर कस्ले समाज सेवा गरेको छ् र ।

सबै प्रतिनिधि हरु एक नयाँ एजेन्दा बोकेर हिंडेका छन् । बाना भित्रको नराम्रो काम देखाउन्दैमा सफल उमेद्वार नहुन पनि सक्छ । सफल उमेद्वार त्यो हो जस्ले सन्थालाई एउटै बनाएर लैजान्छ । सफल उमेद्वार त्यो हुनै सक्दैन जस्ले बानालाई टुक्रा पारेर लैजान्छ । स्मरन रहोस् आजको चार उमेद्वार हिजो को पनि उमेद्वार र् कार्यकारी संस्थापकहरु थिए । आज पदको लागि सफल कार्य गर्छु भन्नेहरुले हिजो चुनाव अगाडि किन गरेन त ?

सुनिन्छ बानाको चुनावमा नेपाली कांग्रेस र एमालेको घमासान पर्छ । तर बिचरा अनुजी आफ्नो तेत्रो करोदौ को बिजिनेस छोडेर ५२५ रुपैयाँको संस्थामाथि राजनीति गर्ने खाल्को म् देख्दिन बरु परेकोलाई सहयोग गरेर हिंड्ने खाल्को कोमल मन भएको महिला हुन सबै बल्तिमोर बसिलाई थाहा भएकै कुरा हो ।

अनुजी कुनै पार्ती सँग सङ्लग्न नभएको सोस्छ समाज सेवी हुन । कुन संघ सन्था त्यस्तो होला वाहाको सामाजिक कार्यमा खोत देख्न सकोश । अनुजी को इस्पस्त भनाइ देख्छु समाज सेवा गर्न मन चाहिन्छ कुनै राजनीतिक सँगरक्षण हैन । म अनु ओन्ता भएर समाज सेवा गर्न चाहन्छु कुनै पार्ती चिनाएर हैन । पार्ती चिनाएर राजनीति गरिन्छ समाज सेवा हैन भन्ने धारणा बोकेर हिंडेको महिला हुँ म भन्न्छिन् ।

जनताहरुलाई झुठो अश्वासन देखाएर राजनीति चल्दैन । कुनै पनि संघ संस्थाहरु तेस्को निती नियम अनुसार चल्छ । संस्थामा उमेद्वारि र् चुनाव जितेर चुनिएर आको प्रतिनिधिहरु द्वारा नै संस्थाको नाम र् काम कसरी अगाडि बढाउने निती निर्माण हुन्छ । एजेन्दा जस्तो सुकै होस निजी सम्पत्ति द्वारा कसैले संस्थाको स्थापना गरेको कसैले देख्दिन । सफल कार्य गर्न समाजमा एजेन्दा देखाएर हात फैलाउनै पर्छ । कोही पनि सफल उमेद्वार हुन सक्दैन जस्ले समाजसेवा को लागि समाजमा हात नफैलाईकन काम गरेर देखाउन सक्छ । बल्तिमोर बासिले अनुजीलाई काम गर्न नदिकन खोत लगाउनु मिल्दैन ।

एदी कुनै खोत अनुजी माथि लाग्छ भने चार अदक्ष उमेद्वार माथि लाग्ने छ । किनकी ति चार उमेद्वार सन्थाको राम्रो सन्चालन भन्दा नि पद को दाबिको लागि एक अर्काको चाप्लुसी गरी पद प्राप्तीको लागि खोतको श्रीजना गर्ने जमात देखिन्छ ।

आजको सन्थागत राजनीतिमा एदी अनुजी जस्तो निस्वार्थ समाज सेवीलाई हराउन राजनीति गरिन्छ भने त्याहा कुर्सीको मोहको जमात देखिन्छ । तेस्ता कुर्सीका मोहको भएको उमेद्वारलाई हराएर समाजमा चिनाउनु जरुरी छ ।

आजको दिनमा अनुजीलाई जिताउनु भनेको सबै बल्तिमोर बासीको जित हो । तर अनुजी हार्नु भनेको बानाको चार अदक्ष ले हार्नु हो । सबै राजनीतिक पार्तिले हार्नु हो । बाल्तिमोर का प्रतेक महिला बर्गले हार्नु हो । अनुजी लाई माया गर्ने र् वहाँको काममा विश्वाश गर्ने प्रतेक दाजुभाईहरुको हारहो । प्रतेक नेवारी समाजको हार हो । प्रतेक सँग संस्थाको हार हो । आउन्दो राजनीतिमा प्रतेक चेली बेतीको हार हो । बाना सधैंकोलागी चेली उमेद्वारमाथि खेलिने एउटा चेसको गोती बन्ने छ ।

स्मरन रहोस सबैलाई माया गर्ने सबैलाई समेतेर लैजाने एक कुसल चेलीको हार भनेको मेरील्याण्ड बासीद्वारा एक कुसल समाज सेवी चेली माथि राजनीतिक हत्या गरेको स्वोतह देखिन्छ । आज पनि अनुजीको मुख बाट एउटै कुरा सुन्छु सबै मिल्नु पर्छ गल्ती सबै बाट हुन्छ तेस्लाई सबैले मिलेर सुधार्नु पर्छ भन्ने धारणा सुन्छु ।

यो एक सफल समाज सेवी को सफल धारणा हो । तीन वोता मर्दहरु मिलेर एक महिला समाजसेवी हराउनु भनेको आमेरिकमा पनि पार्तीका पछी लागि झोला बोक्नेहरु देखिन्छ भने एक निस्वार्थ महिला समाज सेवी जिताउनु भनेको एक “महिला चेली आमा दिदीबहिनी “माथिको ठुलो आस्था र् सम्मान देखिन्छ । आखिरमा समाजमा चाहिने काम समाज सेवा समाज नमिलिकन हुन सक्दैन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...