Tuesday, March 28, 2017

दयाराम परियार स्मृति मानवअधिकार सम्मान राम र खानलाई

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले ‘दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ दलित तथा भूमिहीन अधिकारका क्षेत्रमा क्रियाशील सिरहाका बलदेव राम र महिला, बालबालिका तथा असहाय अधिकारका क्षेत्रमा क्रियाशील उदयपुरकी नजबुल खानलाई प्रदान गरिने घोषणा गरेको छ । सो सम्मान आयोगको स्थापना दिवस आगामी जेठ १३ गते प्रदान गरिनेछ ।

आयोगले सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका आफ्ना कर्मचारी दयाराम परियारको नाममा छुट्टै वेब पेज पनि बनाएको छ । परियारको ११ औँ स्मृति दिवसका\अवसरमा आज आयोग परिसर ललितपुरमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले उक्त वेब पेजको सुरुआत गर्दै सुरक्षा निकायको कार्यशैलीमा परिवर्तन आउन नसकेको तथा सरकारले दण्डहीनतालाई प्रश्रय दिएको गुनासो गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...