Tuesday, March 28, 2017

सगुनले शेयर विक्री समय बढायो

सगूनले फेब्रुअरी ९, २०१७ देखि मिनी आइपीओ मार्फत विक्री खुल्ला गरेको कम्पनीको स्वामित्व शेयर सर्वसाधारणले मार्च ३०, २०१७ सम्म खरिद गर्न पाउने भएका छन् । सेयर खरिद गर्न नभ्याएका लगानीकर्ताहरुको आग्रहमा म्याद थप गरेको सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले सगूनको फेसबुक पेजबाट प्रत्यक्ष सम्बोधन गर्दे बताएका छन् ।

सगुनले यहि मार्च २७ तारिक मध्यरातीसम्म मात्र आवेदन गर्ने समय तोकेको थियो । सिटौलाका अनुसार अमेरिकाकोसमय अनुसार मार्च ३०, २०१७ को मध्यरातीसम्म फर्म भरिसक्नु पर्नेछ । सो समयलाई आधार मान्दा जुन देशमा जुन समय भएको हुन्छ सोहि समय सम्म आवेदन गर्न सकिनेछ । उदाहरणको लागि वासिङ्टन डिसीको सो मिति र समयमा अष्ट्रेलियाको सिड्नीमा मार्च ३१ दिउसोको ३ बजेको हुन्छ र सो समयसम्म पनि त्यहाँका इच्छुक लगानीकर्ताहरुले फर्म भर्न पाउनेछन् ।

त्यस्तै लगानी रकम पठाउनको लागि अन्तिम मिति सम्ममा फारम भरि सेकेको तर बैंक मार्फत पैसा पठाउन नभ्याएकाहरुले अन्तिम समयको ७२ घण्टा भित्रमा पैसा पठाउन सक्नेछन् । ७२ घण्टा भित्र लगानीकर्ताले बैंकमा गएर रकम ट्रान्सफर गर्ने समय हो, सगुनमा रकम आइपुग्नु पर्ने समय होइन । तर फर्म भरिसकेर जतिसक्दो चाँडो रकम पठाउँदा लगानी सुनिश्चित गर्न सकिने बताइएको छ ।

सिटौलाका अनुसार मार्च २७ सम्म दुइ हजार नौ सय भन्दा बढी सर्बसाधारणले २७ लाख डलरभन्दा बढी सगुनमा लगानी गरिसकेकाछन् । विश्वभरबाट नेपाली लगायत अन्य विभिन्न समुदायहरुबाट पनि लगानी आइरहेकोले लगानीकर्ताहरुको संख्या र विविध क्षेत्रको प्रतिनिधित्वले कम्पनीलाई उर्जा मिलेको बताए । विश्वव्यापीरुपमा आइरहेको उत्साहजनक सहभागिताले सगुनलाई आफ्नो लक्ष्यमा पुग्न बल पुगेको बताइएको छ ।

सर्वसाधारणहरुलाई निस्कानसन गरेको शेयर विक्रीको यो राउण्ड बन्द गरेपछि ब्रोकर डिलर बुस्टेड सेक्युरिटिज एलएलसीले बाँकी शेयर संस्थागत लगानीकर्ताहरु बीच विक्री गर्ने र सर्वसाधारणहरुका लागि यो अवसर पुनः प्राप्त हुन कठिन रहेको कुरा सिटौलाले सो सम्वोधनमा बताएका थिए ।

सगुनले भर्खरै अमेरिकाको ‘जब्स एक्ट’ अनुसार अमेरिकामा मिनि आइपीओ निस्कासन गर्ने अनुमति पाएको थियो । मिनि आइपीओ भोलि राम्रो प्रगति गर्ने सम्भावना भएका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति हो । यसमा थोरै आम्दानी भएका ब्यक्तिहरुले समेत लगानी गर्ने अबसर पाउँछन् ।

मिनी आइपिओको मार्फत शेयर विक्री कार्यक्रम पश्चात सगुनले आफ्ना प्रोडक्ट वजारमा पूर्णरुपमा लाग्ने र आफ्नो ड्रिम प्रोडक्ट ‘सोसीयल स्मार्ट कार्ड’ बजारमा ल्याउने जनाएको छ । साथै आउँदो केहि महिना भित्रै सगुनको आफ्नो एप पनि निकाल्ने जनाएको छ ।

सिटौलाले आफ्नो सम्वोधनको क्रममा भने ‘सगून स्टार्टअप कम्पनी भएको हुँदा यसमा जोखिम छैन भनेर हामी भन्दैनौ । तर अबका दिनहरुमा यसको जोखिमको मात्रा दु्रत गतिमा घट्दै गएको हामीले महशुस गरेका छौँ ।’

सगुनका सहसस्थापक सिटौलाका अनुसार अहिले सेयर किन्ने सबैले सगुनको स्वामित्व पाउने बताए । ‘सगुनको सेयरभन्दा अहिले लगानी गर्नेले यसको स्वामित्व पाउने हो, उनले भने, सगुनको प्रगतिसँगै अहिलेका सबै लगानीकर्ता त्यसको सम्पत्तिको हकदार हुनेछन् ।’

सगुनमा लगानी गर्नको लागि कम्पनीको वेभसाइट http://ift.tt/2iAjObu मा गएर फर्म भर्नुपर्ने र सगुनसंग सम्वन्धित कुनै पनि प्रकारका प्रश्न वा जिज्ञासाहरु भएमा [email protected] मार्फत सम्पर्क गर्न सकिने बताइएको छ ।

सगुनका सहसंस्थापक कविन्द्र सिटौलाको प्रत्यक्ष सम्वोधनः

http://ift.tt/2ngdBDX

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...