Wednesday, March 8, 2017

लसएन्जल्समा एन आर एन सदस्य बितरण कार्य तीव्र रुपमा .

 

नेपाल अमेरिका एकता समाजको आयोजनामा एन आर एन् यु एस ए का को आसन्न निर्वाचनको निम्ति सदस्यता वितरणको लागि सहजिकरण तथा छलफल कार्यक्रम सम्पन्न गरियो ।
लसएन्जल्सबासी सामुदायका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उत्साह, उमंगले सबैजनालाई उत्साहपुर्वक सक्रिय बनाईरहेको महसूस गरेका छन् र अब बाँकी रहेको एक हप्ताको समयमा लसएन्जल्सबासी सामाजिक अभियान्तहरु सदस्यता निर्माण तथा वितरणको लागि तातिएका छन् ।
लस एन्जलसमा एनआरएन सदस्यता बढावाका लागि
एनआरएन, अमेरिकाकी सह-सचिव संगिता लम्साल शिवाकोटी,एनआरएन अभियान्त राजेन्द्र शिवाकोटी ,मुकुन्द ढुंगाना, एन आर एन आई सी सी सदस्य दिल बहादुर श्रेष्ठ ,एन आर एन क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डे, सामाजिक अभियान्त उमा कार्की थापा, इन्दिरा त्रिपाठी ,शारदा श्रेष्ठ ,बासुदेव घिमिरे ,कृष्ण कोईराला,बलराम थापा, शान्तिराम ढकाल,नविन पोखरेल , सुर्य प्रसाई ,मेगेन्द्र श्रेष्ठ ,पत्रकारहरु सुदिप पन्त र शंकर राज वाग्ले ,एवम लसएन्जल्सबासी स्थानियहरुको सहभागीतामा आयोजित कार्यक्रमले क्यालिफोर्निया राज्य र लस एन्जलसमा यसपाली सदस्य संख्या अत्यधिक रुपमा बढाउने र आसन्न निर्वाचनको लागि सक्षम तथा सबल भावी नेतृत्वको निम्ति सहयोग गर्ने प्रतिवध्दता सहित अगाडी बढेको जानकारी आयोजक संस्थाकी महासचिव डोल्मा लामाले बताएकी छिन् ।
संसारमा आफ्नो धेरै जालो बिस्तार गरिसकेको प्रबासीहरुको साझा संस्था तथा मुल घरको रुपमा विकास गराउनको लागि सर्वप्रथम सदस्यता विस्तार गर्नु ज़रूरी देखिन्छ त्यसैले सम्पुर्ण लसएन्जल्सबासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरु र नेपाली समुदाय सदस्यहरुलाई एन आर एन यु एस ए का का सदस्य बनिदिनु हुन आग्रह समेत गर्दै सदस्यताको निम्ति सबैजना आ आफ्नो ढंगले परिचालन हुने निर्णय अघि सारेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...