Wednesday, March 8, 2017

संयुक्त राष्टसंघको विशेष निमन्त्रणामा डा. आरजु जेनेभा लागिन्

लण्डन , २५ फाल्गुन । लण्डन व्यक्तिगत भ्रमणमा रहेकी डा. आरजु देउवा संयुक्त राष्टसंघ मानवअधिकार परिषदको विशेष निमन्त्रणामा स्वीजरल्याण्ड गएकी हुन् ।

 

विशेष निमन्त्रणामा स्वीजरल्याण्ड जान पूर्वअघि लण्डनको एक नेपाली रेष्टुरेन्टमा रात्रिभोजको आयोजना गरिएको थियो । रात्रि भोजमा उपस्थित समाजसेवि आशा राईले फुलको पुष्पगुच्छा दिदै जेनेभामा अन्तर्राष्ट्रिय नारी दिवसमा सरीक रहन यात्राकालागि शुभकामना दिएकी थिए ।

 

स्वीजरल्याण्डमा परिषदले आयोजना गरिएको दुई दिने गोष्ठि दुवै दिन डा. आरजुले बोल्ने कार्यक्रम रहेको जानकारी दिईन । पहिलो दिन बुधवार साँझ ७ बजे डा. देउवाले महिलाहरु अझै पनि किन पछाडी परेका छन् भन्ने विषयमा बोल्ने छिन्। त्यसै गरी दोस्रो दिन मार्च ९ तारिख विश्वमा विरामीहरुको संख्या र मृत्युदर बढिरहेको विषयमा आफ्नो तर्क राख्ने उनले बताईन् ।

डा. आरजु विगत दुई दशक अघिदेखि महिला तथा मानवअधिकारका विषयमा समाजसेवा गरीरहेकी कारण संयुक्त राष्ट्रसंघले उनको योगदानको कदर गर्दै परिषदको गोष्ठिमा वक्ताको रुपमा विशिष्ट अतिथि निमन्त्रणा गरिएको हो ।

स्रोतका अनुसार गोष्ठि सकिएपछि डा. आरजु मार्च १० तारिख दिउँसो लण्डन फर्किने र सोमवार बेलुकी काठमाण्डौं प्रस्थान हुने छिन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...