Thursday, March 23, 2017

दावा शेर्पाको उपचारमा अमेरिकाबाट एक लाख ७८ हजार सहयोग

न्युयोर्क । अमेरिकाको न्युयोर्क निवासी सोलुखुम्बु जुनबेसी माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरुले नेपालमा अनौठो प्रकृतिको रोगको सामना गरिरहेका दावा साङ्गे शेर्पाको उपचारको लागि पहल अगाडि बढाएका छन् । सोलुखुम्ब निवासी छेवाङ ल्ह्यामू शेर्पाका २९ महिनाका छोरा दावा शेर्पाको उपचारका लागि एक लाख ७८ हजार ४४८ रुपिँया सहयोग रकम संकलन गरी आज नेपाल पठाइएको छ । जन्मदै हिमानग्योमा (Himangioma ) नामको अनौठो प्रकृतिका रोगको शिकार भएका शेर्पाको नेपालमा उपचार सम्भव नभएपछि सहयोगको लागि पहल अगाडि बढाइएको हो । यो रोगको उपचारमा ठूलो रकम लाग्ने र नेपालमा सम्भव नदेखिएपछि आफूहरुले सहयोगको लागि हात बढाएको जुनबेसी माध्यमिक विद्यालयका पूर्व विद्यार्थी टाक्सीन्दूका न्युयोर्क निवासी गेल्बु लामा शेर्पा बताए ।

बालकको उपचारका लागि करिब दश लाख नेपाली रुपिँया भन्दा बढी लाग्ने भएपनि आफूहरुले तत्काललाई उपचारमा सानो भएपनि सहयोग गर्ने मनसायले सहयोग अभियान चलाएको न्युयोर्क निवासी लोदिङका लाक्पा तेञ्जि शेर्पाले जनाए । शेर्पालाई न्युयोर्क निवासी तेण्डी शेर्पा, ल्हाक्पा गेलु शेर्पा, ङिमा गेलु लामा, कर्मा ग्याल्जेन शेर्पा, ङवाङ शेर्पा, ल्हाक्पा तेन्जी शेर्पा, दावा शेर्पा, गेल्बु लामा शेर्पा, पासाङ दावा शेर्पा, फूर्वा शेर्पा, दावा नुरु शेर्पा, फुर्वा ग्याल्जेन शेर्पा, मिङमार छिरी शेर्पा, ल्हेमी शेर्पा, लाक्पा शेर्पा, पेमा छेवाङ शेर्पा, मिङमा नुरु शेर्पा, याङ्डी शेर्पा र नरेन्द« मगरले सहयोग गरेका थिए । सहयोग गरिएको रकम बुधबार साझ नै प्रभुमनी ट्रान्सफर मार्फत बालकको आमाको नाममा नेपाल पठाइएको गेल्बु लामा शेर्पाले जानकारी दिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...