Thursday, March 23, 2017

विश्व कविता दिवसको सन्दर्भमा मास्कोमा समारोह कृष्णप्रकाश श्रेष्ठ

मास्को, २१ मार्च २०१७ (मङ्गलवार) । मास्कोको केन्द्रमा अवस्थित मास्को राजकीय मानविकी विश्वविद्यालयको केन्द्रीय भवनस्थित सांस्कृतिक सभाकक्षमा युनेक्सोको निर्णयअनुसार हरेक वर्ष वसन्तागमनका साथै विश्वभरि नै मनाइने कविता दिवसको सन्दर्भमा भव्य समारोहको आयोजना गरिएको थियो । यस कविता समारोहमा प्रमुख अतिथिको रूपमा रूसका लागि नेपाली राजदूत रिषिराम घिमिरे र यसै पंक्तिकारलाई पनि निम्त्याइएको थियो ।

सन् १९६५ मा साहित्यको क्षेत्रमा नोबल पुरस्कार विजेता विश्वप्रसिद्ध लेखक मिखाइल अलेक्सान्द्रोभिच शोपोखोभको नामबाट विभूषित यसै विश्वविद्यालयका रेक्टर (कुलपति), इतिहासशास्त्रका महाविद्यावारिधि, प्रोफेसर भ्लादिमिर नेचाएभले कविता दिवस समारोहमा उपस्थित भारत, नेपाल, बंगलादेशक राजदूतत्रयका साथै सबै सहभागीहरूको हार्दिक स्वागत गर्दै झोमोलुङ्मा आफ्नै ठाउँमा रहेको नेपाली सहभागीको अभिव्यक्तिअनुरूप विश्व कवितादिवस पनि अडिग र उच्च स्तरमा सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्दै मास्को मानविकी विश्वविद्यालयमा विश्व कविता दिवसको समुद्घाटन गरेका थिए ।

रूसका लागि भरतीय राजदूत पंकज शरणबाट मास्को राजकीय मानविकी विश्वविद्यालयको दक्षिण एशिया विभागका निर्देषक अलेक्सान्द्र स्तोल्यारोभजस्ता विद्वान प्रोफेसरलाई कविता समारोहमा आफ्नो दोभाषेको रूपमा पाएकोमा हर्ष प्रकट गर्दै रूस (सोभियत संघ) र भारतबीच दौत्य सम्बन्ध स्थापनाको ७० वर्षको इतिहासमा सदैव सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्दै यस महत्वपूर्ण अवसरमा रूसमा भारतीय राजदूतावासको तर्पmबाट आयोजना गरिने कार्यक्रमहरूमा भाग लिन कविता दिवसका सबै सहभागीहरूलाई निम्त्याइएको थियो ।

रूसमा भारतीय समाजका अध्यक्ष काश्मिर सिंहले सात दशकजति अघि नै मास्कोमा स्थापित हिन्दुस्तानी समाजले आज भारतीय कमाजको रूपका का मगर्दै रूसमा भारतीयहरूलाई एकबद्ध पार्न र विभिन्न सांस्र्कतिक कार्यक्रमको माध्यमबाट रूसी जनतासंग मैत्री सम्बन्ध दरिलो पानै समाजले गरिरहेको क्रियाकलापबारे संक्षेपमा बताएका थिए । बंगाली कवथित्री कृष्णा रायले बंगाली भाषामा पुश्किनप्रति समर्पित कविता वाचन गरेकी थिएन् ।

मास्को राजकीय मानविकी विश्वविद्यालयमा आयोजित भव्य कविता समारोहमा यस पंक्तिकारलाई पनि आफ्नो मन्तव्य प्रस्तुत गर्ने सम्भनना प्रदान गरिंदा रूस महासंघमा हाम्रा आदिकवि भानुभक्त आचार्यको द्विशताब्दीय जन्मजयन्ती मनाउन आयोजना गरिएको समारोह समितिको अध्यक्षको हैसियतले रूसमा रहेका साहित्यानुरागी नेपालीहरूलाई संगठित गरी रूस भूमिका हाम्रा आदिकविको प्रतिमा स्थापनाका साथै नेपाली र रूसी भाषामा कतिपय पुस्तकहरू समेत प्रकाशित गर्न सहिएको सूचित गर्दै भानुभक्त आचार्यका फुकर कविताहरू र केही काव्यांसहरू समेत समावेश गरिएको द्विभाषिक (नेपाली तथा रूसी) ग्रन्थ ‘लोक्को गरूँ ििहत् भनी’ का साथै रूसी भाषामा बीसौं शताब्दीको नेपाली साहित्यिक चिँतनको सम्यक’ परिचथ दिने ग्रन्थ ‘स्रष्टा र साहित्य’ तथा मैथिली लोककथाकार गोनु झाका ‘कथाकुथुङ्ग्री’ एव. नेपाली भाषामा रूसी महाकवि अलेक्सान्द्र पुश्किनका कविताहरूका साथै ‘रुसाल्का’, ‘मोजाट र साल्यारी’ र ‘जिप्सी’ काव्यत्रयीसहित ‘रुसाल्का’ शीर्षकमा प्रकाशित पुस्तकहरूको प्रदर्शन गर्दै नेपाल र रूस .सोभियत संघ) का बीच दौत्य सम्बन्ध स्थापनाको हीरक जयन्तीको उपलक्ष्यमा काठमाडौंमारूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा स्थापना भएकै दिन लोकार्पण गरिएको ‘रुसाल्का’ संग्रहबाट पुसश्कनका ‘…प्रति’ र ‘सालिक’ कविता नेपालीमा वाचन गरेको थिएँ र अन्त्यमा पुश्किनकै ‘सालिक’ कविताको एउटा श्लोकमा नृवंशात्मक नामहरू मात्र हेरफेर गरेर निम्नानुसार सुनाएको थिएँ ः
नेपालभरि नै होला चर्चा मेरो प्रतिक्षण ।
भाषामा सबको होला मेरो नै नाम गुञ्जन ।।
थारू, किरात, नेवार, गुरुङ्, तामाङ्, मगर्, खश,
हिमाल्, पाहाड्, मधेशवासी मेरो पैmलाउलान् यश ।।

यसप्रकार औपचारिक खण्डको समाप्थिपश्चात् मास्कोस्थित जवाहरुलाल नेहरू संस्कृति केन्द्रको तर्पmबाट भारतीय तबलाबाज तथा सितार, हार्मोनियम, बेलावादक रूसी संगीतज्ञहरूले भारतीय धून प्रस्तुत गरेका थिए । सांस्र्कतिक कार्यक्रमको समाप्तिपश्चात् गतः कैयौ. महीनादेखि आयोजना गरिएका कविता प्रतियोगिताहरूमा विजयी भएका छात्रछात्राहरूको कवितावाचन सुरु भयो । रुसी भाषाका साथै विदेशी (खास गरी बंगाली र हिन्दी) भाषाहरूमा पनि कविताहरू गुन्जेका थिए । उत्कृष्ट कविताखाचनलाइ पुरस्कृत गर्न प्रसिद्ध रूसी भारतविद प्रोफेसर रोस्तिस्लाभ रिबाकोभको नेतृत्वमा परीक्षक दल गठन गरिएको थियो । त्यसमा जवाहरलाल नेहरु संस्कृति केन्द्रका निर्देशक जयसुन्दर, वैज्ञानिक कार्यकर्ता इरिना माक्सिमेन्को, गुल्या स्त्रेल्कोभा प्रभृति समावेश गरिएका थिए । विश्व कविता दिवसको अवसरमा मास्को राजकीय मानविकी विश्वविद्यालयको सांस्कृतिक कक्षमा वसन्तकालीन रमणीय साँझ निकैवेरसम्म विभिन्न भाषाहरूमा कविता गुञ्जायमान् भएका थिए ।
फोटो – लेखककै क्यामराबाट ।
२२ मार्च २०१७,
मास्को, रूस महासंघ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...