Tuesday, March 7, 2017

अमेरिकाले सप्तरीमा भएको घटना प्रति अमरिकीे दूतावास काठमाडौँ मार्फत वक्तव्य जारी

सयुक्त राज अमेरिकाले गत २०७३ फागुन २४ गते एक वक्तब्य निकाली सप्तरीमा भएको घटना प्रति अमरिकीे दूतावास काठमाडौँ मार्फत चिन्ता व्यक्त गरेको छ l उक्त वक्तब्यमा नेपालकाे केही क्षेत्रमा देखिएको बढ्दो अस्थिरताको सङ्केत लगायत हालै सप्तरीमा प्रदर्शनकारीहरुको ज्यान जाने गरि भएको झडप प्रति सयुक्त राज्य अमेरिका गम्भीर रुपमा चिन्तित छ भनि उल्लेख गरेको छ l

उक्त वक्तव्यमा प्रत्येक व्यक्तिले आफ्नो राजनैतिक विचार शान्तिपूर्ण रुपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अङ्ग हो तर राजनैतिक बहसमा हिंसाले स्थान पाउनु हुदैन भनेको छ l नेपाली जनताले आफ्ना लोकतान्त्रिक अधिकार व्यक्त गर्दै गर्दा हामी नेपाली सुरक्षा निकायलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछौ भनि ध्यानाकर्षण गराएको छ l

यसै गरि उक्त वक्तब्यमा त्यसै गरि हामी सबै प्रदर्शनकारी र दलहरुलाई अहिंसात्मक रुपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह समेत गरेको छ l उक्त वक्तब्यमा नेपाली जनता र नेपाल सरकार ऐतिहासिक स्थानीय निर्वाचनको तयारीमा जुटी रहेको देख्न पाउँदा हामी उत्साहित भएका छौ भनेको छ l

संबिधान कार्यन्वयन गर्ने र मुलुकका सवै स्थानमा उत्तरदायित्व तथा जवाफदेहिता सुनिस्चित गर्ने दिशामा यो महत्वपूर्ण कदम हो भनेको छ l यसको साथै नेपाली जनता लोकतान्त्रिक मार्गमा अगाडी बढ्दै गर्दा सयुक्त राज्य अमेरिका सवै नेपालीहरु संग सहकार्य गर्न कटिबद्ध छ भनेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...