Saturday, March 11, 2017

ट्रम्प मेरा मित्र हुन भनि दाबि गर्दै व्हाइट हाउसको बार हामफाल्ने मानिस पक्राउ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प लाई मेरो मित्र हुन् भन्दै व्हाइट हाउस को बार नाग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ l उनले त्यति मात्र भनेनन् ,उनले राष्ट्रपति संग भेटघाटको कार्यक्रम पनि रहेको बताए l

व्हाइट हाउसको भित्र घासे मैदानमा हाम फाले पछि क्यालिफोर्निया निवासी ती व्यक्तिले आफु गुप्तचर बिभागका अधिकृत भएको बताएका थिए l उनि निषेधित स्थानमा गत मार्च १० तारिख शुक्रबार साँझको समयमा बार नाघेका थिए l

२६ बर्षिय जोनाथन ट्रान क्यालिफोर्निया मिल्पीटासका हुन् भने प्रहरीले उनलाई प्रवेश पत्र छ भनि सोधेका थिए l आफु संग प्रवेश पत्र नभएको र ट्रम्प संग भेट गर्ने निश्चित समय भएको जनाएका थिए l

तर व्हाइट हाउस का प्रहरीले अनुसन्धान गरे पछि उनि राष्ट्रपतिका साथी नभयकोले गैर कानुनी रुपमा प्रवेश गरेकोमा पक्राउ गरिएको छ l उनि डीसी स्थित राष्ट्रपति भवन नजिक रहेको कोष भवनको उत्तर पश्चिमको आँगन बार बाट हाम फालेका थिए l जुन बेलामा उनि भित्र प्रवेश गरेका थिए त्यो समयमा ट्रम्प व्हाइट हाउस मै रहेका थिए l

घटना पछि गुप्तचर सेवाले उत्तर तथा दक्षिण व्हाइट हाउसको घासे मैदानमा खोज गरि कुनै खतरा नभएको जनाएको एपीले लेखेको छ l ट्रान संग दुई वाट छडी भित्रको एउटा गोजीमा रहेको थियो भने उनि संग अमेरिकन राहदानी ,एउटा काखे संगणक (ल्यापटप ) ,ट्रम्प द्वारा लिखित पुस्तक तथा राष्ट्रपतिलाई लेखेको पत्र रहेको थियो l

उक्त पत्रमा उनले “रसियन ह्याकर्स ” पनि उल्लेख गरेको अदालतमा दायर गरिएको फौजदारी नालिशमा एपीले समाचार लेखेको छ l डोनाल्ड ट्रम्प राष्ट्रपति भए पछि यो पहिलो घटना हुन् पुगेको छ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...