Monday, March 27, 2017

खोलेसिमलमा रक्तदान रत्ननगर ।

पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमलमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा खोलेसिमलको आयोजनामा भएको रक्तदानमा ६८ जनाले रक्तदान गरेका थिए । जिल्लामा रगतको अभाव भएको थाहा पाई सो रक्तदान गरिएको संस्थाका निवर्तमान सभापति गणेश शर्मा पौडेलले जानकारी दिए ।

संस्थाका सभापति लिला बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति रत्न प्रसाद सापकोटा प्रमुख अतिथि रहेका थिए । सो कार्यक्रममा कार्यक्रम संयोजक राजन रेग्मी, संस्थाका सचिव भीम प्रसाद खनाल, निवर्तमान सभापति गणेश शर्मा पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...