Friday, March 3, 2017

गोविन्द–अस्मिताको स्वरमा पश्चिमेली ‘टप्पा’

 

काठमाडौं । गायक एवम् संगीतकार गोविन्दमधुर आचार्यले नयाँ गायिका अस्मिता मगरसँग नयाँ लोकगीतको तयारी गरेका छन् । रेकर्डको चरणमा रहेको लोकगीत ‘टप्पा’ भाकामा रहेको संगीतकार आचार्यले बताए ।

गायक एवम् संगीतकार आचार्यले भने, ‘अस्मिता र मेरो स्वरमा रहने यो गीत ‘टप्पा’ भाकामा हुन्छ । गीतको मेलोडी राम्रो बनेको छ ।’ गायिका मगरले पनि आफूले युवा संगीतकार एवम् गायक गोविन्दमधुर आचार्यसँग गाउन पाउँदा खुसी लागेको बताइन् ।

नेपाली फिल्म र आधुनिक गीतहरूमा स्वर र संगीत दिँदै आएका आचार्यले आफ्नो यो पछिल्लो गीतमा अलिक धेरै मिहिनेत गरेको बताए । ‘टप्पा गीतको आफ्नै मौलिकता हुन्छ’, उनले भने, ‘यसको बास्तविक मौलिकतालाई गीतको भावमा हराउन दिनु हुँदैन ।’

भरखरै गीतसंगीतको क्षेत्रमा प्रवेश गर्दै गरेकी अस्मिाताले पनि गीत गाउन शुरुमा केही असजिलो भएपनि आफ्नो तयारीका कारण सजिलो भएको बताइन् । ‘गीतसंगीत मेरो सानैदेखिको सोख हो’, उनले भनिन्, ‘भरखरै यो क्षेत्रमा प्रवेश गरेकी हुँ । नयाँलाई गाह्रो हुँदो रहेछ ।’

मध्यपश्चिमाञ्चलमा टप्पा गीतको अहिले पनि उत्तिकै महत्व छ । पश्चिमा गीतसंगीतले टप्पा गीतलाई ओझेलमा पारेको हो कि भनेर आचार्यले चिन्ता पनि जनाएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...