Friday, March 3, 2017

नेजसस अमेरिकाको प्रथम वार्षिक साधारण सभालाई भब्य र व्यवस्थित गर्न बैठकको आयोजना

नेपाली जनसंपर्क समिती अमेरिका को प्रथम वार्षिक साधारण सभा लाई भब्य र ब्यबस्थित रुपमा सम्पन्न गर्न गत मार्च २ तारिखमा भर्जिनियामा एक दुर संवाद बैठक( टेली कन्फेरेन्स मिटिंग )को आयोजना गरियो ।

उक्त बैठक मा केन्द्रिय उपसभापती एबम साधारण सभा ब्यबस्थापन तथा तयारी समितीका संयोजक केशब बराल ले तयारीको सिलसिलामा हाल सम्म भए गरेका कार्यहरुको जानकारी गराउनु भएको थियो ।

आगामी साधारण सभा प्रथम भएकोले ऐतिहासिक र अमेरिकाका बिभिन्न राज्यमा रहेका जनसंपर्क समितिका प्रतिनिधिहरुको ब्यापक उपस्थिती हुने हुँदा स्थानिय च्याप्टर,कांग्रेस कार्यकर्ता तथा सुभेच्छुकहरुको सकृय सहभागिता हुने गरी स्वागत सत्कार,आवास र भोजन,यातायात ब्यबस्था र रजिस्ट्रेसन लगायत बिभिन्न समितीहरुको गठन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

छलफलमा सकृय सहभागिता जनाउदै डा देश राज संयोक,दधी ढुंगाना,अर्जुन सिग्देल,मधु पन्थी,पवन खनाल,यम कोइराला,यम सिटौला,गोविन्द सुबेदी,बचनदेव ठाकुर,मुक्तिनाथ पन्त,राम मिश्र,डोरेन अधिकारि,लक्ष्मीकान्त गौडेल लगायत सहभागिहरुले भर्जिनियामा साधारण सभा आयोजना गर्ने केन्द्रिय समितिको निर्णय बाट प्राप्त जिम्मेवारिलाई सहर्ष स्विकार गर्दै एकजुट भएर निर्बाह गर्न आवश्यक रहेको बताउनु भयो ।

बैठक नेपाली जनसंपर्क समिती भर्जिनिया का सभापति एबम साधारण सभा ब्यबस्थापन स्थानिय समितिका संयोजक राम शरण हुमागाईको सभापतित्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...