धनराज वास्तविक : काठमाडौं, २० फागुन । दुनियाँलाई दिग्भ्रमित पार्नसक्ने मनले आफ्लाई भने कहिल्यै झुट बोल्न सक्दैन। यो सत्य कुरा हो । मन सानो हुन्छ या ठुलो यो कसैलाई थाह छैन्।
संसारको सबै भन्दा तिव्र गतिमा पुग्ने यहि मन हो। मन उडेर विगत सम्झिनछ। आज सम्झीन्छ र भोलीको बारेमा गहन मन्थन पनि गर्छ।
नेपाली गजलको विकासमा प्रदेशमा रहेर पनि योगदान गर्नेमा प्रवासी नेपाली सर्जकको ठुलो संख्या छ। यो संख्या मध्येका कालिकोटमा जन्मीएर हाल मलेसियामा रहँदै आएका हिरा शाही पनि एक हुन्।
पछिल्लो समयमा उनका गजलमा वर्गका आवाज बुलन्ध भएका छन्। उनको साहित्ययात्रा जीवन भोगाईको एक रुप हो भन्ने कुरा सहजै अड्कल काट्न सकिन्छ।
सिर्फ समयमा उलने रचना गरेका गजल मुक्तकहरू पढ्दा प्रेमील भावका अलि बढि पढ्न पाईनथ्यो । तर पछिल्लो समयमा वर्गलाई पछ्याउदै छन्।
यो पक्ष साहित्यको सबै भन्दा संवेदनशिल पाटो हो। आवश्यक पाटो हो । यसलाई निरनतरता भने चाहिन्छ। आजको सर्जक र सिर्जनामा उनका गजलहरु :
गजल
सधैंझुटा आश्वासन देखाएर के गर्नुहुन्छ ?
नयाँ नयाँ मान्छेहरु फसाएर के गर्नुहुन्छ ?
कुनै दिनमा आफ्नै प्रदाफास भईछोड्छ ।
आज अरुलाई मुर्ख बनाएर के गर्नुहुन्छ ?
जीवनमा तिम्रो हुने मान्छे नै होइन भने !
उसैलाई नै मुटुमा सजाएर के गर्नुहुन्छ ?
आमा तिम्रो छोराले खाडी रोज्नैपर्छ भने ।
पुरै खेतबारी बेचेर पढाएर के गर्नुहुन्छ ?
मृत्यु पिडादायी हुन्छ यो सबैलाई थाह छ ।
तर मृत्यु देखि पनि डराएर के गर्नुहुन्छ ?
गजल
गृहमन्त्री नै पटकाउने हो चुनाव जितेर।
करोडौं करोड कमाउने हो चुनाव जितेर ।
कोहि डाक्टर,इन्जिनियर कोहिलाई राजदुत ।
सकभर सिफारिस गराउने हो चुनाव जितेर।।
कोशी, गण्डकी, कर्णाली त बेचिएकै छन् ।
बाकी सबै बेचेर सिद्धाउने हो चुनाव जितेर ।
राजनीति गर्ने नेता बन्ने आखिरी उद्देश्य त।
राजधानीमा घर लाउने हो चुनाव जितेर ।।
यो देशको बिकास होस् नहोस मतलब छैन।
मैले त आफ्नाहरु बनाउने हो चुनाव जितेर।।
हिरा शाही (अभागी) कालिकोट
हाल (मलेसिया
Friday, March 3, 2017
राजधानीमा घर लाउने हो चुनाव जितेर : शाही
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment