Wednesday, March 1, 2017

भर्जिनियाले अध्यागमन सम्बन्धि विद्यालयहरूका लागि कानुनी निर्देशन घोषणा

भर्जिनियाका राज्य अधिकारीहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसालै जारी गरेको कार्यकारी आदेश सम्बन्धि अध्यागमन-सम्बन्धित मुद्दाहरूका बिषयमा स्थानीय स्तरका विद्यालयलाई कानुनी निर्देशन वितरण गरेका छन् l

भर्जिनियाका जन अधिक्षक( सुपरिटेनडेन्ट ) निर्देशक स्टेभेन स्टाप्ल्सले आज बुधबार स्थानीय अधिक्षकहरुलाई सल्लाह सहितको ज्ञापन पठाएका छन् l उक्त ज्ञापन पत्र अनुसार जिल्लाका सबै बिद्यालयले हरेक बिद्यार्थीलाई उनीहरुका आप्रवासी अवस्थालाई बेवास्था गर्दै उच्च गुण स्तरीय शिक्षा प्रदान गर्ने पर्छ भनेको छ l

उक्त ज्ञापन पत्रमा विद्यालय बिभागले सम्भावित विद्यार्थीको नागरिकता आदि ईत्यादिको स्थितिको बारेमा सोध्ने छैन भनि उल्लेख गरेको छ l उक्त ज्ञापनले जिल्ला लाई त्यस्ता बिद्यार्थी जसका बाबुआमालाई यदि अध्यागमन अधिकारीले थुनामा राखेका छन् भने ति बिद्यार्थी घर जान सक्दैनन् भने यस्ता कुराका नीति मा विकास गर्नु पर्ने अथवा नीतिमा पुनर्विचार गर्नु पर्ने सुझाव दिएको छ l

यो निर्देशिका गत जनवरी २७ तारिखमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश द्वारा ७ वटा मुसलमान देशका नागरिकलाई अस्थाई यात्रा प्रतिबन्ध जारी गरे पछि यो ज्ञापन निस्काशित गरेको हो l राष्ट्रपति ट्रम्पले अवैध रुपमा अमेरिका बसेर अपराधिक गतिविधिमा सलग्न भएका आप्रवासीलाई चुनावी अभियानमा उनले बोकेका मुख्य मुद्धाहरु अन्तर्गत देश निकाला गर्ने प्रतिज्ञा गरेका छन् l

स्रोत :एपी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...