Wednesday, March 1, 2017

लसएन्जल्समा यसरी सोनाम ल्होछार मनाईयो

लसएन्जल्समा बसोबास गर्ने तामाङ समुदायले आफ्नो मुख्य पर्व नयाँ बर्ष सोनाम ल्होछार पर्व हर्षो उल्लास को साथ मनाएका छन् । सबै जातजाती भाषा संस्कृतिको जगेर्ना गरौ ,परम्परागत कला सस्कृतिको सम्बर्धन गरौ “भन्ने मुख्य उद्देश्यले नयाँ वर्ष (चरा वर्ग )”ज्या ल्हो” मनाईएको छ l

समाजका अध्यक्ष टेक लामाले एकता भित्रको छुट्टै भाषा, पहिचान ,संस्कृतिको विकास गर्ने एंव तामाङ समुदायको मौलिकता झल्काउने र नेपाली समुदायमा सामाजिक सदभाव क़ायम गर्ने लक्ष्यका साथ लसएन्जल्समा पहिलो पटक आयोजना गरिएको हुँदा नेपाली समुदायको सहभागिता र सहयोग भएकोले कृतज्ञता ज्ञापन गरे l

ल्होछार पर्वको अवसरमा लसएन्जल्स नेपाली समुदायबाट गणेश तीर्थ फ़ाउन्डेशनका संस्थापक सभापति तथा महिला सामाजिक अभियन्ता उमा कार्की थापा, एनआरएन आईसिसि सदस्य दिल बहादुर श्रेष्ठ ,पशुपति फ़ाउन्डेशनका अध्यक्ष भक्त थापा र पर्यटन दुत रामेश्वर भण्डारीले शुभकामना मन्तव्य दिएका थिए l

यसै गरि अतिथिहरुको तर्फ बाट तामाङ कोओपरेशन सोसाईटी अफ क्यालिफोर्नियाका अध्यक्ष भोजकुमार दोङ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको अध्यक्ष एंव कार्यक्रमका विशेष अतिथि लुईसाङ वाईबाले मन्तब्य राखेका थिए l वहाहरुले प्रवासी नेपालीहरुको विचमा एकताको सन्देश बोकेर अगाडी बढ्ने र राष्ट्रीय स्तरमा जातिय विखण्डन जस्ता सवालहरुको बहस चलिरहेको अवस्थामा जनजातिका सवालहरु पनि एक अर्का विच समझदारीका साथ हातेमालो गर्दै अगाडी बढ्नुपर्ने आजको आवश्यकता हो भन्ने धारणा व्यक्त गरेका थिए l

न्युयोर्क बाट क्यालिफोर्निया पुगेका कराते प्रशिक्षक तथा तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष शान्त थोकरले मन्तब्य राख्दै अमेरिका भरि छरिएर रहेका तामाङहरुलाई एउटै मालामा बाँध्नेर आफ्नो भाषा, पर्व ,धर्म परम्परा,रितिरिवाजको संरक्षण एंव सम्बर्दन गर्ने उद्देश्यले तामाङ सोसाईटी अफ अमेरिका एउटा छाता संगठनको रुपमा विकास भएको बताए l

हास्य कलाकार गोपाल नेपाल (फिस्टे), अन्य कलाकारहरु डोमा ह्योल्मो , नलिना चित्रकार र दोहोरी गायिका शिला आले मगर द्वारा प्रस्तुत गरिएको गीत ,नृत्य ,हास्यव्यंग्य को प्रस्तुतिले लसएन्जेलस बासीलाई भरपुर मनोरंजन दिलाएको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...