Wednesday, March 15, 2017

​बोस्टनमा ‘भूटानी कलाकारसङ्ग एक साँझ’ सम्पन्न

‘भूटानी समाज बोस्टन’ले बोस्टनमा ‘भूटानी कलाकारसङ्ग एक साँझ’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बरिष्ठ भूटानी गायक प्रताब सुब्बाको विशेष प्रस्तुति रहेको थियो । उहाँले ‘बन्धनको चिनो’ लगाएतका चर्चित गीतहरू गाउनु भएको थियो । गायक प्रभु शंकर र प्रविण परियार तथा  गायिका चन्द्रकला मगर र  हिरा रसाइलीले बिभिन्न आधुनिक गीतहरू गाएर दर्शकहरूको मन जित्न सफल हुनुभएको थियो । चर्चित तवलावादक प्रमोद उपाध्यायले तवलाको साङ्गीतिक जादू देखाउनु भएको  थियो भने बाँसुरीवादक रञ्जन बुढाथोकी र गितारवादक प्रियान्त सुन्दासको विशेष प्रस्तुति रहेको थियो ।
‘सौगात इन्टरनेशनल’का नन्द लगुन, दीपा शंकर लगुन, हिरा रसाइली र सिर्जना खड्काको नृत्यले सबैलाई आकर्षित गरेको थियो ।
 धन लेप्चाले सञ्चालन गर्नु भएको कार्यक्रममा एस बी चाम्लिङले रुवाई सुनाउनु भएको थियो । कार्यक्रम संयोजक नन्दू शंकरले विदेशमा रहँदा आफ्नो भाषा र  संकृति बिर्सन नहुने भन्दै नेपाली सङ्गीतको विकास र सम्बर्धनका लागि यस्ता कार्यक्रमहरू भइरहनु पर्ने कुरा बताउनु भयो । कार्यक्रम सौगात इन्टरनेशनल र हिमालयन हेरिटेज कल्चलर एकेडेमीको विशेष सहयोगमा सम्पन्न भएको थियो ।

तस्विर- सुरेश वाग्ले

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...