Friday, March 10, 2017

कतारबाट डुम्रेले गरे देशको सीमानमा काडेतारकोअभियान ।

दोहा ।

कतारमा विगत १५ वर्ष देखी एक प्रतिष्ठीत कम्पनीमा कार्यरत बुटबलका राजु डुम्रेले देशको सिमा क्षेत्रमा काडेतार तथा पर्खाल लगाउनु पर्नै भन्दै कतारबाट अभियान सुरु गरेका छन ।

 

देशमा बढ्दै गएको सिमाको अतिक्रमणको दैनीकी उच्च रुप दैदै गर्दा उनले आफुले प्रवासबाट भए पनि आफ्नो देशको सिमा क्षेत्रमा रहेका नेपालीलाई शान्तिपुर्ण रुपमा बाच्न पाउन भन्दै प्रवासबाट केही रकम संकलन गरी देशको सिमा क्षेत्रमा काडेतार तथा पर्खाल लगाउने भन्दै आफ्नो कर्मथलो कतारबाट यो अभियान सुरु गरेका हुन ।

 

उनले अभियान सगै कतार तथा अन्य देशमा रहेका प्रवासी नेपालीहरुलाई पनि यस अभियानमा सहयोगको अपेक्ष्या सहित अपिल गरेका छन ।
हालै कन्चनपुरको पुनर्वास नगरपालीको घटनालाई समिक्षा गर्दै डुम्रेले उक्त अभियान सुरु गर्ने निर्णय गरेका हुन ।

 

उनले हरेक दिन भारतले आफ्नो भुमीमा गरेको दादागरि कती समयमा सम्म सहेर बस्ने हामीनेपालीले भन्दै देशका बरिष्ठ नेताहरुलाई पनि यस विषयलाई ध्यान आकर्षण होस् भन्दै विदेसीएका लाखौ नेपालीहरुलेनै अब केही गर्नु पर्ने जरुरी देखिएकोले कतारबाटै आफुलेनै यस अभियान सुरु गरेको बताए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...