बिगतका चुनावहरूको बेलामा कस कसले के के भने र कति प्रतिज्ञा गरे, के के गरे तपाई हाम्रो सामु छर्लड्ग छ । बिगतमा चुनावको अनुभव पनि हामीले गर्यौ ।
समाज टुक्रा टुक्रा बनेको बिगत हाम्रो आखा अगाडी छ ।प्रजातन्त्रको दुहाई जति दिए पनि आत्मसात गर्न कहिल्यै जानेनौ । निर्विरोध बनाएर मिलाएर पनि पठायौ । ३ अध्यक्ष्यका प्रत्याशी र आशा लाग्दा युवाहरूको समुह धेरै आशा राखेका थिए समुदायले तर हात लाग्यो सुन्य । अझै त्यस माथी छिया छिया र भताभुतुड्ग पारि हस्तान्तरण गरिन लागेको छ ।
स्थापनाको १२-१५ बर्षमा हामी कहाँ छौ र के गर्यौ हामी सबैले मुल्याकन गर्ने बेला भएको छ । नेतृत्व चयन अब हाम्रो हातमा छ । अव पनि हामी आफ्नो बिवेक राम्ररी गर्दैनौ भने हाम्रै भविष्यको लागि आफ्नो खुट्टामा बन्चरो हामीले नै हान्दैछौ । थोरै भए पनि विवेकसिल बन्नै पर्छ अब ।
बिगतलाई कोट्याउनु हुदैन, तर पाठ भने पक्कै सिक्नु पर्छ ।
हामीहरू सधै मन्च, माइक र माला/खाताको मोहमा रमाएर बस्यो । समुदायले मलाई आजसम्म दिएको यत्रो इज़्ज़त को बदला मैले समुदायलाई के दिए । मेरो समुदाय प्रतिको उत्तरदायित्व र कर्तव्य के कहिल्यै सोच्यै ?
सधै संस्थापनको माला जप्यौ, तर आफ्नै साथीहरू को को हुन छुट्याउन र टुड्गो लगाउन कहिल्यै सकेनौ ।
सामुदायिक भवनको लालीपप सधै देखायौ, समय थप्यौ तर हात लाग्यो सुन्य ।
सामुदायिक यज्ञमा उठाएको रक़मको पारदर्शिता र ख़र्च बारे पटक पटक समाजमा प्रस्न निस्कदा ५०१ c को सामाजिक संस्था भएर पनि audited balance sheet websites मा राख्न सकेनौ । यो दल दल साई छिनाफानो कहिल्यै लाएनौ ।
धुर्मुस सुन्तली फन्डको कुरा प्रष्ट पार्न सकेनौ ।
भुकम्पको लागि उठाएको रक़म एकमुष्ट हस्तान्तरण गर्न र पारदर्शिता गर्न सकेनौ ।
पारदर्शिता र आलोचनात्मक कुरा गर्नेहरू लाई संस्थाको शत्रु ठानिये ।
यो संस्थाको वरिपरी सधै हैककवादी प्रबृतीका मानिसहरू लाई स्थान दिइयो ।
Pledge गर्ने ब्यक्तिहरूले सधै भरि सार्वजनिक रूपमै काम सुरू गर्नस र चेक लिन आउनुस , म दिन्छु , मेरो चेक पुरानो भयों भन्दा समेत आर्थिक समितीको मिटिड बस्ने र रक़म उठाउने पहल कहिल्यै भएन ।
प्राविधिक समितीले आफ्नो कार्य योजना कार्य समितीलाई दिदा र websites राख्दा समेत बेबास्ता गरियो ।
मन्दिर जस्तो पवित्र कार्यमा लागेका बाना र प्राविधिक समितीका सदस्यलाई समितीको निर्णय बिना नै बिना सोची निस्कासन गरियो ।
मन्दिर बनाउने जस्तो पवित्र कार्यमा खुलेर समर्थन गर्न सकेनौ ।
चुनावको बेलामा आफैले गरेको प्रतिबद्धता लाई आफै कुल्चियो ।
सामाजिक संस्थामा सधै नेपाली राजनिती घुसाउने र भित्र भित्र टिम बनाउने, सधै समाजमा लडाउने भिडाउने काम गरियो ।
समिती भित्र हुदा सम्म झिगो नमार्ने र सहयोग नगर्ने तर चुनावको बेलामा आफ्नो आलों पालो खोजी बस्ने प्रथा बसालियो ।
पद र आफु हुदा सबै ठिक अरू बेला संस्था नै खराव हो भनि टाढै बस्ने र सराप्ने प्रबृती बसालियो ।
Vision, plan , commitment, action र time दिन सर्क्ने नेतृत्व चयन गरौ ।
नेतृत्व बर्ग र सामुदायिक संघ संस्था बिच पद, लुछाचुडी र हानथापको यो खेल तुरुन्त बन्द गरौ ।
काम कुरो एकातिर, कुम्लो बोकि ठिमी तिर भने झै पदकों पछाडि हैन कामको पछाडि लागौ ।
सुधार म, मेरो सोच र ब्यबहार बाट हुनु पर्छ ।
No comments:
Post a Comment