Monday, March 6, 2017

सप्तरीमा गोली चल्यो, एकको मृत्यु

राजविराज, २३ फागुन । मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा आज यहाँ एक युवकको मृत्यु भएको छ भने अन्य १२ जना घाईते भएका छन् ।

नेकपा एमाले को मेची महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्न्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आज आयोजना गरिएको आमसभालाई विथोल्न पुगेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा सो घटना हुन पुगेको हो ।

सभा विथोल्न पुगेका मार्चाका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीबाट सप्तरी मलेखका रञ्जन मेहताको मृत्यु भएको मधेसी मार्चाका स्थानीय नेता गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभालाई सम्बोधन गर्दै गर्दा एक्कासी मार्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा मोर्चाका छ जना कार्यकर्ता घाइते भएका छन् ।

यसअघि आजै अध्यक्ष ओली कार्यक्रमस्थल पुग्नुअगावै पनि उक्त स्थानमा झडप हुँदा मोर्चाका छ जना कार्यकर्ता घाइते भएका थिए ।

घाइते सबैको सगरमाथा अस्पताल सराजविराजमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।

एमालेको आमसभालाई बिथोल्नका लागि मोर्चाका नेता तथा कार्याकर्ता जिल्लाको विभिन्न स्थानमा आज बिहानैदेखि टायर बालेर कालो झन्डासहित लाठी जुलुुस निकालेर प्रदर्शन गरिरहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...