किरिरि फोनको घन्टी
लाल सलाम ! जय नेपाल साथी !
भोट माग्न फ़ोन गरेको मित्र
हजुरको भोट त पक्का छ नि
म त ढुक्क छु नि
हामी एउटै पार्टीका मान्छे !
मन मिल्ने मान्छे !
किरिरि अर्को फोनको घन्टी
घन्टी अनि धेरै फोनका घन्टीहरू !
अर्कोले भन्यो हामी त एउटै जातकों
अर्कोले भन्यो हामी त एउटै धर्म मान्ने मान्छे
अर्कोले भन्यो हामी त एउटै गाऊका मान्छे
अर्कोले भन्यो हामी त एउटै क्षेत्रका मान्छे
अर्कोले भन्यो हामी त संगै स्कुल पढेका मान्छे
अर्कोले भन्यो हामी त एउटै कलेज पढेका मान्छे !
अर्कोले भन्यो हामी त एउटै गुटको मान्छे
अर्कोले भन्यो हामी त एउटै समुहको मान्छे
अर्कोले भन्यो हामी त एउटै संस्थामा संगै काम गरेको मान्छे
अर्कोले भन्यो हजुर त आफ्नै साथीको मान्छे
अर्कोले भन्यो हजुर त आफ्नै मान्छेको मान्छे !
……. …….. …….. !!!!
हजुरको भोट त पक्का छ नि
म त ढुक्क छु नि !
हजुरले सहयोग गरिदिनु पर्यो !
मलाई उसको योग्यता,क्षमता र अनुभवका
कुरा सुन्ने मन थियो !
मलाई उसका कार्य योजना, कार्यकौसलता र प्रतिबद्दताका कुरा सुन्ने मन थियो !
मलाई पार्टी. समूह,गुट,गाऊँ,जात, ठाऊ र धर्मको कुरा होइन
नेपाल र नेपालीको घाऊमा मलम लाउने कुरा सुन्ने मन थियो !
साथीले भन्यो भोट त पक्का
मुखले भन्यो “पक्का”
मनले मन मनै भन्यो “नदिने पक्का” !
No comments:
Post a Comment