Friday, March 17, 2017

मोर्डलिङ्ग बाट अभिनय तर्पm लाग्दै प्रकृती(फोटो फिचर सहित)

 

काठमाडौं । चैत्र ४.
शुशिल, सुन्दर, शान्त स्वभाब कि प्रकृति जस्तै राम्री हिमालयन क्षेत्रमा बसोबास गर्ने थकाली समाजको झल्को दिने एक प्रतिनिधि चेली हुन् मोडल प्रकृति तुलाचन, रत्ननगर १३ जयमंङ्गला स्थाई निवासी प्रकृति तुलाचन पछिल्लो समयमा आधादर्जन जति म्यूजिक भिडीयोहरुमा अभिनय गरी सकेकि छिन् । मिस प्लसटु नेपाल सेशन दुई २०७१ मा सफल मोडलको दर्जा बाट सम्मानित भई सकेकी उनी म्यानेजमेन्ट विषयमा ब्याचलर दोस्रो बर्षमा हाल काठमाडौंमा अध्यायनरत छिन् ।
जनजाति परिवारमा हुर्केर काठमाडौं बाट उच्च शिक्षा हासिल गर्न लागी परेकी उनी पूmसर्दंको समयमा पत्रपत्रिका पढ्ने, अनलाईन फोटो भिडीयो पोष्ट गर्नप्रबृतिकी छिन् विभिन्न नाटक तथा नृत्यहरुको पनि तालिममा व्यस्थ रहेकि प्रकृति तुलाचन हाल काठमाडांै स्वयम्भुमा बस्छीन् ।

विभिन्न र¥याम्प शो, साँकृतिक डान्स, फोटो सेसन, चित्रकला, अभिनय, आदिमा आबध्व रही काम गरी रहेकी ५ फिट ५ ईन्च अग्ली २० वर्षिया प्रकृतिको थकाली गित, रुपकि रानी बोलको आधुनिक गित, विकज आईलव यू बोलको अंग्रेजी गित निकै चर्चामा रहेका छन् ।

उनलाई यो क्षेत्रमा आउन घरपरिवार तथा साथी संगिनीहरुवाट पनी राम्रौ साथ मिलेको बताउँछिन् । आपूm केही नेपाली जनजाति गितको म्यूजिक भिडीयो र सानो बजेटको यूटुब सट मुभिमा ब्यस्त रहेको र चाडैनै बन्न लागेको नेपाली कथानक चलचित्रको म्यानेजमेण्ट टिममा रहेर काम गर्न लागेको हामीलाई बताईन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...