काठमाडौँ, २८ चैत । गृहसचिव लोकदर्शन रेग्मीले नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई आज गृह मन्त्रालयमा आयोजित समारोहमा दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।
मन्त्रिपरिषद् बैठकले आजै नायब प्रहरी महानिरीक्षक अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । विसं २०४४मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका अर्याल २६ औँ प्रहरी महानिरीक्षक हुनुभएको छ । मन्त्रालयमा आयोजित समारोहमा अर्याललाई फुली लगाइदिँदै गृहसचिव रेग्मीले उहाँको कार्यकालमा नेपाल प्रहरीको गौरव अझ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
Tuesday, April 11, 2017
प्रहरी महानिरीक्षक अर्याललाई दज्र्यानी चिह्न
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment