Tuesday, April 11, 2017

‘सेनालाई निर्वाचनमा प्रयोग गरिन्न’

विराटनगर, २९ चैत । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको बताउनुभएको छ ।

यहाँ आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले मतदाता परिचयपत्र र मतपत्र छपाइलगायत कार्यका साथै निर्वाचन प्रशिक्षण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । राजनीतिक रुपमा देखिएका केही समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं २ का जनता पनि निर्वाचनको पक्षमा उत्साहित देखिएको र केही दिनमै त्यहाँ मतदाता शिक्षालगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले आयोगले एकै चरणमा निर्वाचन गर्ने तयारीमा लागेको पनि बताउनुभयो । पत्रकारको जिज्ञासामा उहाँले सेनालाई निर्वाचनमा प्रयोग नगरिने बरु ‘ब्याक फोर्स’का रुपमा रहने स्पष्ट गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...