Thursday, April 6, 2017

अमेरिका द्वारा सिरिया बिरुद्ध क्रुज क्षेप्यास्र प्रहार

सयुक्त राज्य अमेरिकाले दर्जनौ सिरियाको समय अनुसार बिहिबार राति देखि सिरिया बिरुद्ध क्रुज क्षेप्यास्र प्रहार गर्न थालेको ताजा समाचार प्राप्त भएको छ l अमेरिकाले सिरियाको सरकारले रसायन हतियार प्रयोग गरि सयौ बालबालिका सहित नागरिकको मृत्यु भए पछि अमेरिकाले क्षेप्यास्र प्रहार गर्न सुरु गरेको छ l

सयुक्त राष्ट्र संघको लागि अमेरिका को राजदुत निक्की हेलिले समेत सयुक्त राष्ट्र संघमा रसायनिक हातहतियार प्रयोग गरिएको बालबालिकाको तस्बिर सहित देखाउदै अरुले सिरिया माथि कारवाही गर्दैन भने अमेरिकाले कदम चाल्ने बताएकी थिइन् l

सिरिया सरकारले रसायन हतियार प्रयोग गरिएको पुष्टि भएको युएस सैनिकले एनबिसीलाई गत मंगलबार जानकारी गराएको लेखेको छ l युएस सैनिकले कम्तिमा पनि ५० टोमाहक क्षेप्यास्र प्रहार गरेको समाचार अमेरिका राष्ट्रिय पत्रपत्रिकाले लेखेका छन् l

एकै लक्ष्य सहित प्रहार गरिएको सिरियाका राष्ट्रपति बशार एल आसद को पश्चिम प्रान्त तर्फ लक्षित गरिएको जनाएको छ l सीएनएनले  भर्खर जनाए अनुसार सिरियाको हवाई धावन मार्ग ,इन्धन स्थानमा पूर्वीय भूमध्य सागरको युद्ध बाट गरिएको जनाएको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...