Saturday, April 22, 2017

नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा सुरु

अप्रिल २२ ,विजय थापा,वाशिंगटन डिसी ,नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा डिसी महानगर क्षेत्रको भर्जिनियामा सुरु भएको छ l कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा नेपाल सरकारका मन्त्रि जीवन बहादुर शाही पानसमा बत्ती बाली गरेका थिए l

सभाको सभापतित्व सभापति आनन्द बिष्टले गरेका छन् भने कार्यक्रममा यस भेकका चर्चित तथा राजनैतिक दलका विभिन्न बिदेशीहरुलाई पनि आमन्त्रण गरिएको छ । उनीहरुले शुभ कामना मन्तब्य व्यक्त गरेका छन् भने नेपाली समुदायका प्रतिनिधिहरुले शुभकामना दिने क्रम जारी छ l

यसै गरि सभामा स्थानिय विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ l उक्त साधारण सभालाई ऐतिहासिक र भव्य रूपमा सफल बनाउन केन्द्रिय उपसभापति केशब बरालको संयोजकत्वमा ‘साधारण सभा मुल तयारी समिती’ गठन गरिएको थियो l

वार्षिक साधारण सभा सम्पन्न गर्नका लागि मूल व्यवस्थापन समिति मनोनयन संगै स्थानीय स्तर मा उप समिति गठन गरेको थियो l बिभिन्न उप समितिमा होटल तथा खाना व्यवस्थापन ,आर्थिक एवं रजिष्ट्रेशन ,यातयात व्यस्थापन ,स्वागत तथा अतिथि सत्कार ,मंच एवं हल व्यवस्थापन ,सांस्कृतिक कार्यक्रम व्यवस्थापन तथा प्रचार प्रसार समिति गठन गरिएको थियो l

उक्त एक दिवसीय उक्त सभाको लागि अमेरिकाका करिव दुई दर्जन भन्दा ज्यादा शाखाका पदाधिकारी ,केन्द्रिय कार्य समितिका पदाधिकारी ,सदस्यहरु ,सल्लाहकार ,कांग्रेस दल संग आबद्ध रहेका सहित करिव ३ सय जनाको सहभागी रहेको छ l

सभाका लागि नेपाल बाट कांग्रेसका मन्त्रि तथा अन्य नेताहरुको उपस्थिति रहेको थियो l

स्वागत मन्तव्य सभा संयोजक केशव वरालले गरेका छन भने सभामा कराते खेलाडी उज्जवल ठकूरी ,भारत्तोलक रूप कार्की ,रक्त संचार अमेरिकाका संस्थापक सभापति अर्जून कूमार मैनाली तथा अधिवक्ता खगेन्द्र जीसी लाई सम्मानित गरिएको छ ।

एक दिवसीय साधारण सभामा साँझ बन्द सत्र तथा अमेरिका मा रहेका प्रख्यात कलाकारहरु द्वारा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने छ l


नेजस भर्जिनिया शाखाका सभापति रामशरण हुमागाईलाई सदस्य सचिवको जिम्मेवारी दिइएको थियो भने साधरण सभाका लागि आर्थिक संयोजकको जिम्मेवारी केन्दीय सदस्य गोपाल विश्वकर्मालाई दिइएको थियो l


वर्तमान अमेरिकन राजनैतिक परिवर्तन संगै संस्थालाई कसरी अगाडी बढाउने ,सँस्था तथा शाखा को कार्यदिशा तय गर्ने , मार्गदर्शन ,बिधान परिमार्जित गर्ने ,शाखा तथा केन्द्रिय अधिवेशन तथा प्रक्रिया सम्बन्धि बिषयमा व्यापक छलफल गरिने भएको छ l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...