रिच्मंड, भर्जिनियामा गत साता जूलाई ३१ तारिखको साँझ भव्यताका साथ् नयावर्ष २०७४ को स्वागत गरियो ।कार्यक्रमको आयोजना रिच्मांडू समूहले गरेको हो । रिच्मांडू केहि वर्षदेखि यस क्षेत्रमा नेपाली कला संस्कृति को जगेर्ना साथै समाजसेवामा सक्रिय युवाहरुको समूह हो जसले हरेक वर्ष नेपाली नयावर्ष,हरितलिका तीज कार्यक्रम, दशैं कार्यक्रम, देउसी भैलो कार्यक्रम आदि को आयोजना गरि यस क्षेत्रमा रहेका नेपालीहरुलाई एककृत गर्ने कार्य गरेको छ. त्यहि अनुरुप नयावर्षको कार्यक्रम गरिएको हो।
कार्यक्रम को सुरुवात रास्ट्रगानबाट गरिएको थियो. लोकप्रिय गायक भुवन खनाल ले पशुपतिमा कमला, सिनेमा लगायतका आफ्ना गीतहरु प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरु सारस्वत् आचार्य, सौगात लामा, रुकेश पोखरेल, असिम राजभण्डारी,प्रभात पौडेल ,शिक्षा थापाले विभिन्न नेपाली गीतहरु प्रस्तुत गरेका थिए। कार्यक्रमका अतिथि तथा ग्रेटर रीच्मंड भुटानीज़ कम्युनिटीका अध्यक्ष्य ध्रुब मिश्रले नेपाली भाषी जुन सुकै ठाउबाट आएपनि नेपाली नै हुने र दुवै मिलेर आगाडी बढ्नुपर्ने भावना ब्यक्त गर्नुभयो । टिला उप्रेती, विशाल उप्रेती,बर्षा घिमिरे ,शान्ताको नृत्यले दर्शक हरुलाई निकै नै मनोरंजन प्रदान गरेको थियो । कार्यक्रमको संचालन रेडियो कान्तिपुर कि पूर्व आर जे शिक्षा थापा ले गरेकी हुन् भने उनलाई चन्द्र मल्ल ले साथ् दिएका थिए। अंकिता थापा र सोनाम थापा पौडेल ले संचालन गरेको रमाइला खेलहरुले सहभागी र दर्शक सबैले निकै मनोरंजन प्राप्त गरेका थिए। साथै सोम ढकाल को हास्य कविता ले सबैलाई पेट मिची मिची हसाएको थियो। कार्यक्रमको अन्त्यमा डि जे नाइट अन्तर्गत धिरज के.सीले विभिन्न गीतहरुमा सहभागीहरुलाई नचाएका थिए।
राजनीति र जातपातको नाममा अमेरिकामा च्याउसरि नेपाली संस्थाहरु खुलिरहेको अवस्थामा रीच्मांडूले कुनै संस्था को सहभागिताबिना नै नेपालीहरु मिलेर पनि भब्य कार्यक्रम को आयोजना गर्न सकिन्छ र नेपाली नेपालीलाइ साथै ल्याउन संगठन हैन, मनमा एकता को भावना र संकल्प हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
No comments:
Post a Comment