Thursday, April 27, 2017

काले दाइ’ पछि ‘पर्व’ ट्रेलरको चर्चा परिचर्चामा

काले दाइ’ पछि ‘पर्व’ ट्रेलरको चर्चा, ट्रेन्डिङको पहिलो स्थान जेठ १२ गतेबाट देशभरका हलमा एकसाथ रिलिज हुन लागेको प्रतिक्षित चलचित्र ‘पर्व’को ट्रेलरले अहिले युटुबमा हंगामा मच्चाएको छ । सार्वजनिक भएको २ दिनपछि चलचित्रको ट्रेलरले नेपाल ट्रेन्डिङमा नम्बर १ को स्थान कब्जा गरेको छ ।

निर्देशक दिनेश राउतले भने-‘नेपाल ट्रेन्डिङमा नम्बर १ को स्थानमा पुग्दा खुशी त लागेको छ नै । मलाई त्यो भन्दा पनि दर्शकले दिनु भएको प्रतिक्रियाले अझ बढी उत्साह थपेको छ ।’ गोपिकृष्ण टीभी फिल्मीको निर्माण र सुवास इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुवास गिरी र निकिता पौडेलले यो चलचित्र निर्माण गरेका हुन् । चलचित्रको ट्रेलरमा प्रेम, रोमान्सको साथमा सस्पेन्सलाई महत्व दिइएको छ । चलचित्रमा समावेश ‘काले दाई काले दाई’ बोलको गीतले पनि युटुबमा लामो समयदेखि हंगामा मच्चाइरहेको छ । गीत र ट्रेलरबाट उत्कृष्ट प्रतिक्रिया आएपछि अहिले यसको निर्माणपक्ष उत्साहित देखिएको छ । यसै बिच, मातातिर्थको अवसर पारेर चलचित्रको फस्टलुक पनि रिलिज गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...