Thursday, April 27, 2017

लस एन्जल्सका नेपालीहरूको आफूद्वारा निर्मित मन्दिरको दर्शन गर्ने दिन नजिकिंदै

अमेरिका, २६ अप्रिल । साउदर्न क्यालिफोर्निया बासी नेपालीहरू द्वार्रा निर्माणाधीन श्रीपशुपतिनाथको मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नर्वाल्क सिटिमा चर्च किनेर सोलाइ मन्दिरमा परिणत गर्नको लागि मर्मत सम्भारको कार्यभईरहेको छ ।

मन्दिरको लागि भवन खरिद पश्चात् विभिन्न समस्याहरू एकपश्चात अर्को आउने गर्दा निर्माण कार्यमा ढिलाइ हुन गएको थियो ।


श्रीपशुपतिनाथ फाउनडेसनका अध्यक्ष भक्त थापा सबैको सहयोग र अथक प्रयास पश्चात् अबको एक महिनामा निर्माण कार्य पूर्णरुपमा सकिने र आधिकारिक रूपमा खुल्नको लागि दुई महिना सम्म लाग्ने जानकारी दिनुभयो ।

मन्दिर निर्माणार्थ सबैको प्रतिनिधित्व आवश्यकता पर्छ, दान सानो होस् वा ठुलो सबैको सम्मान हुनुपर्छ भन्ने अनुपम उदाहरण प्रस्तुत गर्दै एक पेनी देखि एक लाख ३० हजार डलर भन्दा बाढीका दाताहरुको सहयोगमा यो बन्न सफल भएको छ ।

मन्दिरमा प्रतिस्थापन गरिएका भगवानका मुर्तिहरु नेपाल र भारतबात ल्याइएको थियो । नेपालको झझल्को गराउने पशुपतिनाथको साथै सोही स्थानमा बुद्धको मूर्तीसमेत स्थापना गरी धार्मिक सहिस्नुताको नमुना प्रस्तुत गर्नलागिएको छ ।

मन्दिरको उद्घाटन पश्चात् यस्लाई दिगोपना दिनको लागि पचास हजार भन्दा बढीका दाताहरु ट्रस्टी र अन्य दाताहरु मध्यबाट सञ्चालक समिति बनाएर चलाउने योजना समेत व्यवस्थापनले गरिरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...