Sunday, April 23, 2017

गोर्खाको पालुङटारमा जनसभा सम्पन्न मावोबादी नेता भुमिनन्द देबकोटा नयासक्ति मा!!!

ध्रुब क्षेत्री, बैसाख ९ गोर्खा, समृद्द नेपाल निर्मार्ण को अभियान मा रहेको नयासक्ति पार्टी  नेपालले पालुम्टार नगर कमिटिको आयोजना मा पालुम्टारको ठाटिपोखरि स्थित गडतान्रिक चौतारा मा भब्य जनासभा सम्पन्न गरेको छ! पार्टीका संयोजक तथा पुर्ब प्रधानमन्त्रि बाबुराम भट्टराईको प्रमुख अतिथ्य तथा नेताहरु पुर्ब मन्त्रि देबी वोझा, नेता पासांग सेर्पा, चर्चित नायिका करिस्मा मानन्धर लगाएतको बिसेष उपस्थितिमा चलेको जन सभालाई पार्टीका नगर प्रमुख अशोक देबकोटा ले संचालन गर्नु भएको थियो !

जन सभालाई सम्बोधन  गर्दै पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई आँखा चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन नदिने चेतावनी दिनुभएको छ ।

संविधान निर्माण गर्न आफूले ठूलो भूमिका खेलेको स्मरण गर्दै भट्टराईले त्याग गरेर ल्याएको संविधानमा उल्लेख भएअनुसार नै प्रक्रिया पु¥याएर निर्वाचन आयोगमा दल दर्ता गरिएकाले चुनाव चिह्न पनि पाउनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “आँखा चिह्न प्राप्त गरिछाड्छौँ ।

निर्वाचनको तयारीमा जुट्न सम्पूर्णलाइ आग्रह गर्दै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्तिलाई चुनाव चिह्न दिनबाट रोक लगाएको आरोप लगाउनुभयो।

गोरखाको पालुङटारमा भएको जनसभामा माओबादि केन्द्रका केन्द्रीय सदस्य भुमिनन्द देबकोटा लगाएत नेपालि कांग्रेश र एमाले बाट 2३२ जना नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पार्टीमा ध्रुबीकृत हुनु भएको छ। प्रवेश गर्ने माओबादी  केन्द्रका नेताहरुले मावोबादी पाटि ले आफ्नो नीति र सिदान्त छोडेको, मावोको नाममा भएको मकुण्डो मात्र लगाएर जनतालाई उल्लुक बनाउदै खावोबाद मा परिणत भएको, आफु सम्मिलित ओली सरकार लाइ विस्थापन गर्न रास्ट घाती २५ बुदे सम्जौत्ता गर्दै भारतीय गुलामी मार्फत देश लाइ भुटानी करण गरेको, देशमा जनयुद्द कालिन सहिदका रगत र बेप्पताको सपनालाइ बलात्कार गर्दै नेका-मण्डलेहरु को नीति लाइ अबलंबन गरेका ले आफुहरु तेस्तो पाटिमा बस्न नसक्ने जनाउदै अबको आबस्यकता आर्थिक क्रान्तिको आधारमा समुन्नत समाजबाद उन्मुख समृद्द नेपाल भएको ले आफुहरु बिचार को राजनीति गर्ने नयासक्ति पार्टीमा लामबद्द भएको बताउनु भएको छ!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...