Sunday, April 2, 2017

गायक प्रमोद खरेलको नयाँ गीतको म्यूजिक भिडियो चर्चा परिचर्चामा

नेपाली सांगितिक जगतमा एकदमै चर्चित यूवा गायक प्रमोद खरेलको नयाँ गीतको म्यूजिक भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ l

यूटुवमा अपलोड गरेको दुई दिनमै १ लाख ७० हजारभन्दा बढी दर्शकले भिडियो हेरी सकेका छन । यो गीतले खरेललाई पुनः एक पटक चर्चाको शिखरमा पुर्याएको छ । डीपी खनालको शब्द र राजनराज शिवाकोटीको संगीतमा तयार भएको लोक शैलीको यो गीतले नेपाली स्रोताहरुको मन जिति सकेको देखिन्छ ।

अपहरण शैलीमा प्रियंका कार्कीलाई देखाइएको यो म्यूजिक भिडियोमा प्रमोद र प्रियंका मुख्य पात्रका रुपमा प्रस्तुत भएका छन भने अर्जुन तिवारीको छायॉंकन, सहास शाक्य को संगीत समायोजन, सम्पादन निशान घिमिरे र निर्देशन सुब्रत राज अाचार्य को रहेको छ साथै यस गितको निर्मात्री दीपा सिटौला रहेकी छिन l

भिडियो हेर्न 👇यहाँ किल्क गर्नुहोला :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...