Sunday, April 2, 2017

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेसन भव्यताको साथ सम्पन्न ,थापा अध्यक्षमा निर्वाचित -not final (not for puablish )

अप्रिल २ ,अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत मार्च ३१ देखि अप्रिल २ सम्म संचालन भएको प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेसन भव्यताको साथ सम्पन्न भएको छ l यसको साथै नया कार्यकारी समितिको निर्वाचनमा वर्तमान महासचिव प्रभु थापा अध्यक्ष पदमा निर्वाचित भएका छन् l थापाले मत प्राप्त गरि बिजयी भएका छन् भने अर्का अध्यक्षका उम्मेदवार जनक रानाले —- मत प्राप्त गरेका छन् l

अन्तिम अवस्था सम्म पनि सहमति नपुगे पछि निर्वाचन मार्फत नेतृत्वको जिम्मेबार प्रभु थापा /जनक रानाले पाएका हुन् l र अन्य सवै पदमा सर्वसम्मतिमा निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा क्रमस प्रीति सागर खत्री तथा टेक गुरुङ बिजयी भएका छन् भने दक्षिण/पश्चिम क्षेत्रको उपाध्यक्षमा कमल ओझा तथा यमुना भट्टराई निर्वाचित भएका छन् l

महासचिवमा राधा कृष्ण देउजा तथा शंकर पन्त तथा उप महा सचिवमा कृष्ण प्रसाद लामिछाने तथा देवी प्रसाद पाण्डे निर्वाचित भएका छन l यसै गरि कोषाध्यक्षमा हेमन्त भेटवाल तथा तिर्थ बिश्वकर्मा निर्वाचित भएका छन् l कार्यक्रमको उद्घाटन पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि ,एमाले संगठन विभाग प्रमुख तथा अधिवेसनका प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले गरेका थिए l

कार्यक्रममा बिशेष अतिथिमा पूर्व मन्त्रि युवराज कार्की ,पूर्व मन्त्रि खगराज अधिकारी , पूर्व एमाले सांसद जगदिश कुसियत , मेरिल्याण्ड तथा पेनसेलभ्यानिया बाणिज्य दुत प्रेम राजा महत,नेपाली महा बाणिज्य दुताबास न्यु योर्कका कृसु क्षेत्री ,गैर आवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष रबिना थापा ,एएनए का अध्यक्ष मेदिनी अधिकारी ,बुद्धिजीवी प्रा गोपी उप्रेती (बिद्या वारिधि )लगायत दर्जनौ संघ/संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो l

अधिवेसनमा डीसी महानगर क्षेत्रका संघ तथा संस्थाका प्रतिनिधिहरुको साथै अमेरिकाका विभिन्न राज्यहरुबाट आएका संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो l

कार्यक्रम बीच मै नेपालका चर्चित हास्य कलाकार सागर लम्साल (बले सोल्टी ) हरि प्रसाद निरौला (कक्रोज )ले प्रहसन गरेका थिए l यसै गरि लोक गायक भगवान भण्डारी लगायत अमेरिका मा बसोबास गर्दै आएका कलाकारहरु सपना श्री तथा सिर्जना लामाले राष्ट्रिय गीतहरु प्रस्तुत गरेका थिए l कलाकार तथा संस्थालाई सहयोग गर्नेहरुलाई प्रमाणपत्र प्रमुख अतिथि सुब्बाले प्रदान गरेका थिए l

प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले करिव एक घण्टा सम्म लामो मन्तब्य राख्दै उनले २०२८ ,२०४६ र २०७२ सालको भारतले गरेको नाकाबन्दी गर्नुको कारण बारेमा जानकारी दिदै उनले मोदी अवसरबादी र उग्रबादी विचार भएको आरोप लगाए l

उनले भारतले नेपाललाई पटक पटक आत्मसमर्पण गराउन खोजेको भन्दै तर नेपाली जनताले डटेर संघर्ष गर्दै हण्डर खादै लडेकोमा प्रशंसा गरे l भारतले नेपाललाई निल्न खोज्ने गर्न खोजेको स्पष्ट नीति रहेको प्रष्ट पार्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अडानको कारण मुलुकले घुडा टेक्नु नपरेको बताए l उनले जताततै एमाले मय पनि नेपाल बन्दै गएकोले अब आउने स्थानीय निर्वाचन एमालेको बर्चस्व रहने बताए l

यसै गरि पूर्व मन्त्रि युवराज कार्कीले हामीलाई देशले प्राकृतिक हिमालबाट बग्ने निरन्तर रुपमा पानी दिएको छ l उनले थप गर्दै साउदी अरब को तेल को कुवा सकिन्छ तर नेपाल पृथ्वी उलट पलट भएन भने नेपाल बाट हामी ८३ लाख मेगावाट बिद्युत उत्पादन हुन् सक्ने बताए l हामी त्यसै बसेका छैनौ हामी केहि गरेर बसेको बताए l

पूर्व मन्त्रि खगराज अधिकारीले नेपालका नेताहरुलाई सबैलाई सगोलमा प्रदेशमा बसेर गालि गर्न नुहुने भन्दै बरु बिशेष नाम नै तोकेर या किटान गर्दा उत्तम हुने बताए l उनले आफ्ना पालोमा गरेका कामको संक्षेपमा ब्याख्या गर्दै सबै नेता खराव नहुने बताए l

यसै गरि पूर्व एमाले सांसद जगदिश कुसियतले २०६४ सालमा संबिधान जारी नेकपा माओबादी र मधेसी दलको कारण नभएको बताए l उनले नेकपा एमालेका नेता केपी शर्मा नभएको भए भारतले अझ दुख दिने थियो भने l मधेसी दलले राखेको संबिधान संसोधन के को लागि भनि मधेसी दललाई प्रश्न गरे ? मदेशी दलले भारतीय भाषालाई नेपालको राष्ट्रिय भाषा समेत बनाउने कुराको बिरोध गरे l ९५ प्रतिसतले बनाएको संबिधान लाई भारतको ईशारामा बिशेष स्वार्थ सहित संबिधान परिवर्तन गर्न खोज्नु आफैमा एक षडयन्त्र भएको बताए l

प्रा डा गोपी उप्रेतीले अमेरिका थुप्रै राजनैतिक दल संग आबद्ध भएका संघ/संस्था खुलेकोमा आक्रोस ब्यक्त गर्दै नेपालमा भएको कुसंस्कार बोकेर यहाँ पनि त्यस्तै गर्ने गरेकोमा ध्यानाकर्षण गराए l दिक्क लाग्दो कुरा भनेको नेपालको राजनैतिक दलका बिकृतिलाई अमेरिकामा पनि दोहोर्याउने संस्कार बोकेकोले यस्तो संस्कार हटोस् भनि शुभकामना दिए l उपस्थित बिशेष अतिथि ,अतिथि तथा संघ/संस्थाका प्रतिनिधिहरुले अधिवेसनको लागि शुभकामना सहित मन्तब्य राखेका थिए l

अधिवेसनको सभापतित्व सभापति संजय थापाले गरेका थिए भने कार्यक्रम संचालन महा सचिव प्रभु थापाले गरेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...