Monday, April 3, 2017

भारतीय सेनाको टोली किन जाँदैछ सगरमाथा ?

काठमाडौँ, २१ चैत । भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ ।

सो टोलीले आज नेपालस्थित भारतीय राजदूतावास लैनचौरमा पत्रकारसम्मेलन गरेर सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिनुभएको हो ।

सो अवसरमा आरोहण टोलीका संयोजक सञ्जयकुमार कुलकर्नीले २४ जनाको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीहरु ‘सागरदेखि सगरमाथा’ भन्ने मूल नाराका साथ सगरमाथा चढ्न लागेका हौँ ।”

उहाँले मङ्गलबार काठमाडौँदेखि जिरी सवारीसाधनमा जाने र त्यहाँबाट पैदल हुँदै सगरमाथा बेसक्याम्प जाने बताउनुभयो ।

नेपाली पर्यटकीय पदयात्री मिङ्मा शेर्पाको नेतृत्वमा उनीहरु सगरमाथा जान लागेका हुन् । यसभन्दा पहिले सन् १९६५ र सन् २००४ मा भारतीय जलसेनाका टोली सगरमाथा आरोहण गरेका थिए ।

उनीहरुलाई नेपालस्थित भारतीय दूतावासले आजै बिदाइसमेत गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...