काठमाडौँ, २१ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभयो ।उक्त भेटमा प्रधानमन्त्री दाहालले आफ्नो हालै सम्पन्न मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमण तथा अन्य समसामयिक विषयमा जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटमा परराष्ट्र मन्त्री डा प्रकाशशरण महतलगायत उच्च सरकारी अधिकारीहरुको समेत उपस्थिति थियो ।
No comments:
Post a Comment