Sunday, April 23, 2017

रिदम कलाकेन्द्र कतारकोे विविध सांस्कृतिक कार्यक्रमको तयारी तिब्र ।

भोला थापा क्षेत्री, दोहा । “हाम्रो कला र संस्कृतिको जर्गेना गरौँ आफ्नो प्रतिभा लाई अगाडि बढाऊ“ भन्ने मुल नाराका साथ कतारमा स्थापित सांगितिक संस्था रिदम कला केन्द्र दोहा कतारले नेपाली नयाँ बर्ष २०७४ को ‘नेपाली चलचित्र नमस्ते नेपाल” प्रदर्शन तथा विविध साँस्कृतिक कार्यक्रम को तयारी पुरा भएको कार्यक्रम संयोजक दिल भट्टराई र गजेन्द्र मल्ले जानकारी दिएका छन ।
संस्थाले हिजो अप्रेल २१ तारिख शुक्रबारका दिन दोहाको मुन्ताजा पार्कमा बसेको भेला सँगै आगामी २८ अप्रेल शुक्रबारका दिन कतारको गल्फ होराईजन होटलमा हुन लागेको कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको संयोजक मल्लले बताए ।
साथै उक्त कार्यक्रमलाई विभिन्न सामाजिक संघ ंसंस्थाले पनि सहयोग ÷सहकार्य गर्ने भएको छ । “हामीलाई थप उत्साह बढेको छ सबैको साथ र सहयोग पनि आउने भएकोले हामीलाई थप आशा जागेको बताउदै कार्यक्रम भन्ने छुट्टै मनोरञ्जन रहेको र नमस्ते नेपाल चलचित्र सम्पूर्ण छायाङ्कन यूरोपमा गरिएको पहिलो चलचित्रलाई भव्य र सव्य पार्नका लागी नेपाल देखी बरिष्ठ नृत्य निर्देशक तथा चलचित्र निर्देशक राजु शाहा र चर्चित हास्यँ कलाकार गोपाल ढकाल (छन्दे) कतार आउने खबरले पनि दर्शकहरुले टिकट धमाधम लिईरहेका छन” हामी कार्यक्रम सफल हुन्छ भन्ने ढुक्क रहेको संयोजक भट्ट र मल्लले बताएका छन ।

नेपालदेखी निर्देशक राजु शाहा र चर्चित हास्यँ कलाकार गोपाल ढकाल (छन्दे)ले पनि कतारमा रहेका दर्शको माग र कार्यक्रम भव्य र सव्य हुने खबरले खुसी तुल्याएको बताएका छन । कलाकार (छन्दे)ले युटुब मार्फत “गल्ती हुन्छ काम गरे हतारमा , दर्शक भेट्न आउदै छौँ कतारमा” बोलको छोटो गीतको शब्दबाट दर्शकलाई आफु कतार आउने र दर्शकहरुलाई आफ्नो पनि प्रस्तुती पस्कने जनाएका छन । उनले कुराकानीकै क्रममा हामीले पहिला युके युरोपमा सो देखाई सकेको “नमस्ते नेपाल चलचित्र” कतारमा रहेका नेपाली दर्शकहरुको यति धेरै माग रहेछ हामी त्यही भएर प्यारा नेपाली दर्शकहरु संगै बसेर आगमी २८ अप्रेलका दिन कतारमा चलचित्र प्रर्दशन तथा साँस्कृतिक कार्यक्रम सफल पार्नै दुबै जना कलाकार तथा निर्देशक २६ अप्रेलमानै कतार आउन लागेको बताएका छन ।

चलचित्र प्रदर्शन पश्चात हुने उक्त सांस्कृतिक कार्यक्रममा नेपाल देखी कतारको सांगितिक लोक दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायिका देविका केसी गुरुङ्गको पनि बेजोड प्रस्तुती रहने छ भने

लोक दोहोरी क्षेत्रमा हालमा छुट्टै पहिचान बनाउन सफल रहेका लोक दोहोरी कलाकार रित कुमार श्रेष्ठले पनि दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने छन साथै स्थानिया कलाकाहरु , लोक गायक युवाराज छन्त्याल ,आधुनिक तथा पप गायक नबराज क्षेत्री,राम के लामा , दामोदार न्यौपाने , विनिता केसी, राम बान्तावा राई लगायत दर्जनौ स्थानिया कलाकार साथमा रिदम कलाकेन्द्रको आफ्नै विविध नृत्यपनि रहने संयोजक मल्ल र भट्टराईले जानकारि दिएका छन ।

विगगतका दिनमा पनि नेपाल तथा स्थानीय कलकारहरुलाई समेटेर विभिन्न सांगितिक कार्यक्रम गर्न सफल सांगितिक संस्थाले गत साल आफैले आयोजना गरेको एकल नृत्य प्रतियोगिता कार्यक्रममा नेपालबाट चर्चित नृत्य निर्देशक प्रकाश भट्ट चर्चित लोक दोहोरी क्षेत्रकी मोडल पार्वती राईलाई समेत कतार निम्त्याएर आफ्नो कार्यक्रम सफल पारि सकेकोको संस्थाले आगमी २८ अप्रेल शुक्रबार कतारको गल्फ होराईजन होटलको सभाहलमा बिहाना ११ बजे देखी संचालन हुने उक्त कार्यक्रमको डिनरको पनि ब्यावस्था सहित टिकट शुल्क भने करि १०० रहेको आयोजकले जानकारी गराएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...