Sunday, April 23, 2017

काठमाडौं:गायक महेश मुखियाको आवाज रहेको सिउरेनी वनमा बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । गायक महेश मुखियाकै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई व्यस्त एंव चर्चित छायांकार तथा निर्देशक अमृत सुनुवारले छायांकन तथा निर्देशन गरेका छन् ।

लोक लयमा आधारित कमेडी फ्लेवरको उक्त भिडियोमा नायिका अनु शाह, महेश मुखिया, हर्क राज घलान लगायतको अभिनय रहेको छ । भिडियो छिट्टै सार्वजनिक गरिने जानकारी निर्माण युनिटले गराए । भिडियोको सम्पादन माधव बेल्वासेले गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...