Monday, April 3, 2017

एमालेले बनायो घोषणापत्र मस्यौदा समिति, एक व्यक्ति एक तहमा मात्र उम्मेदवार बन्न पाउने

काठमाडौं ,२१ चैत। नेकपा एमालेले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा स्थानीय तहको चुनाव घोषणापत्र मस्यौदा समिति बनाएको छ । साथै एक व्यक्ति केन्द्र, प्रदेश र स्थानीय तह मध्ये एउटामा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरेको छ ।

 

सोमबार बसेको स्थायी कमिटी बैठकले गौतमको नेतृत्वमा १५ सदस्यीय घोषणापत्र मस्यौदा समिति बनाएको हो । समितिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली छन् । यस्तै नेताहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा. पुष्प कँडेल, लालबाबु पण्डित, बिन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य छन् ।

यस्तै महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेको छ । समितिमा सचिव पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् । यस्तै छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य छन् ।

एमाले बैठकले पार्टीको निर्णयअनुसार स्थानीय तहको उम्मेदवारको सिफारिस पठाउनका लागि मिति पनि तोकेको छ ।

वडा कमिटीले चैत ३० गतेसम्म, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीले वैशाख ४ गतेसम्म, जिल्ला कमिटीले वैशाख ७ गतेसम्म र प्रदेश कमिटीले वैशाख १० गतेसम्म उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्नेछ । यसरी आएको नामबारे वैशाख १२ गते स्थानीय कमिटी बैठक बसेर निर्णय गर्नेछ ।

एमालेले एक व्यक्ति केन्द्र, प्रदेश र स्थानीय तह मध्ये एउटामा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरेको छ । सचिव योगेश भट्टराईले अनलाइनखबरसँग भने, ‘हामीले चुनावको तयारीका लागि सबै कार्यकर्तालाई गाउँ र्फकन आग्रह गरेका छौं ।’

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...