Monday, April 3, 2017

रुपन्देहीमा नयाँ शक्तिका कार्यकर्ता पक्राउ

भैरहवा , २१ चैत । रुपन्देहीमा नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक देवेन्द्र पाण्डे सहित ३७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

निर्वाचन कार्यालय घेराउ गरेको कारण नयाँ शक्तिका ३७ नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी बेल बहादुर पाण्डेले जानकारी दिए ।

स्थानीय निकायको निर्वाचनको लागि निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको विरोध नयाँ शक्ति नेता कार्याकर्ता निर्वाचन कार्यालय घेराउ गर्न पुगेका थिए ।

पक्राउ परेकोहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...