Monday, April 3, 2017

सुख्खा पहिरोमा परी सवारी साधन पुरिए, दुईको मृत्यु

चितवन, २१ चैत । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कविलासको घुमाउनेमा आज बिहान सुख्खा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा परेर गम्भीर घाईते भएका दुई जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, पहिरोमा परी पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएको अनुमान छ ।

बिहान १०ः४० बजेको समयमा सुख्खा पहिरो जाँदा सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको थियो । । उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको छ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...