Monday, April 3, 2017

नयाँ संविधानले समानताको अवसर दिएको छ : सभामुख घर्ती

काठमाडौँ, २१ चैत । सभामुख ओनसरी घर्तीमगरले नयाँ संविधानले सबैमा समानताको अवसर प्रदान गरेको बताउनुभएको छ ।

‘असमानताको सम्बोधन ः सम्मान तथा सबैको भलाइ’ विषयमा केन्द्रित रहेर बङ्गलादेशको राजधानी ढाकामा भइरहेको अन्तर व्यवस्थापिका सङ्घ (आइपियु)को १३६औँ सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उहाँले भन्नुभयो — “नेपालमा नयाँ संविधान जारी भएपछि गरिबी र असमानता घटाउने तथा सबैका लागि समान अवसर प्रदान गर्ने प्रयास भइरहेको छ ।”

सभामुख घर्तीमगरले नयाँ संविधान जारी भएपछि सबै क्षेत्रलाई सम्बोधन हुने गरी नीति निर्माण गर्दै नेपाल विकासको गतिमा अघि बढेको बताउँदै द्वन्द्वको मुख्य कारक असमानता हो भन्नेमा आफूहरु सचेत रहेको भन्नुभयो ।

जारी संविधनले सामाजिक न्याय प्रदान गरेको, विशेष गरी महिलाको अधिकार सुनिश्चित गरेको, जनजाति, सीमान्तकृत तथा पछि परेका समुदायलाई मूलधारमा ल्याउन महत्वपूर्ण अवसर प्रदान गरेको बताउँदै उहाँले असमानता घटाउन मानवीय सम्मान बढाउनुपर्नेमा जोड दिनुभयो ।

सभामुख घर्तीले विकासका उपजलाई समान रुपमा वितरण गर्नुपर्ने बताउँदै उहाँले अतिकम विकसित, विकासोन्मुख र विकासिल मुलुकबीचको ठूलो अन्तरलाई सम्बोधन गर्न यस क्षेत्रका सबै मुलुकले साझा धारणा बनाएर अगाडि बढ्नुपर्नेमा धारणा व्यक्त गर्नुभयो ।

सम्मेलन यही चैत १९ देखि सुरु भई २३ गतेसम्म चल्नेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...