Monday, April 3, 2017

संस्कृति संरक्षण सबैको साझा दायित्व —उपप्रम थापा

बागलुङ, २१ चैत । उपप्रधान एव्म सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

ऐतिहासिक चैत्राष्टमी मेलालाई आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालमा बसोबास गर्ने सबै जातजातिको पर्व, संस्कृति र रीतिरिवाज मुलुकको पहिचान भएको बताउनुभयो ।

उपप्रधानमन्त्री थापाले “नेपाल विविधतापूर्ण देश हो, विश्वमै हाम्रो अलग पहिचान छ”, भन्दै “कला, संस्कृति र धरोहरहरुको संरक्षण गर्नु सबैको साझा दायित्व हो उल्लेख गर्नुभयो ।”

चाडपर्व र सांस्कृतिक उत्सवले नेपालीहरुबीचमा आपसी सद्भाव, भाइचारा र एकता सिर्जना गर्ने बताउँदै उहाँले परिवर्तनको नाममा पुराना मूल्य, मान्यता र आदर्शलाई कसैले पनि कुल्चन हुदैन् भन्नुभयो ।

उपप्रधानमन्त्री थापाले मेला, महोत्सवले स्थानीय कला, संस्कृतिको संरक्षण र व्यापार प्रवद्र्धनमा ठूलो टेवा पु¥याउने धारणा पनि व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री थापाले आजै धवलागिरि अञ्चलस्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

“हाम्रा लागि यो निर्वाचन अति नै महत्वपूर्ण छ, पार्टीलाई जुनसुकै हालतमा सफलता दिलाउनु पर्छ” उहाँले भन्नुभयो —‘मुलुकलाई अहिलेको सङ्कटबाट मुक्त गर्न राप्रपाले मात्र सक्छ ।’

अध्यक्ष थापाले पार्टीका नीति, कार्यक्रम जनतामाझ बुझाउँदै निर्वाचनबाट पहिलो पार्टी बनाउने अभियानमा आफूहरु लागिपरेको बताउँदै मुलुकलाई अस्थिर बनाइराख्न चाहने तत्वका विरुद्ध डटेर लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

देश र जनताका विरुद्ध हुने गतिविधि राप्रपालाई मान्य हुँदैन्, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री थापाले आजै जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसँग पनि छलफल गर्दै आसन्न स्थानीय तहको निर्वाचन सफल पार्न सबै पक्षले सकारात्मक भूमिका खेल्नुपर्दछ भन्नुभयो ।

स्थानीय तह कार्यान्वयनको अनुभूति हुने गरी जनतालाई सेवा, सुविधा प्रवाह गर्न कार्यालय प्रमुखहरुलाई उहाँले निर्देशन पनि दिनुभयो ।

उपप्रधानमन्त्री थापाले आजै यहाँको प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा पूजाअर्चनासमेत गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...