Tuesday, April 4, 2017

ओकल्याण्ड अन्तर्राष्ट्रिय फेशन सप्ताहमा नेपालको प्रचार प्रसार हुने

अमेरिकाको क्यालिफोर्निया राज्यको कार्यक्रम शहरको रूपमा परिचित ओकल्याण्ड शहरमा अन्तर्राष्ट्रिय फेशन सप्ताहमा हुने भएको छ l उक्त शहरमा मे १० देखी १२ मे सम्म अन्तर्राष्ट्रिय सप्ताह हुने छ l

उक्त अन्तर्राष्ट्रिय सप्ताह कार्यक्रममा विश्वका ५० वटा भन्दा ज्यादा देशका मोडल तथा डिजाइनरले भाग लिने भएको जानकारी अन्तर्राष्ट्रिय फेशन सप्ताह कि अध्यक्ष क्रिष्टल कार्थनले बताएकी छिन् l

उक्त सप्ताह कार्यक्रममा नेपाली मोडल तथा डिज़ाइनर पहिलो पटक सहभागी हुने भएका छन् l नेपाली रुपरंगमा पोसाक रुपाङ्क (डिजाइनर) हुने छ l र यस बाट अन्तर राष्ट्रिय रुपमा नेपाल को प्रचार तथा प्रसार हुने सिलकन भ्यालीका पर्यटन दूत प्रकाश थापा ले जानकारी दिएका छन् l

यस अन्तर्राष्ट्रिय फेशन सप्ताहमा फेशन निर्देशक(कोरियो ग्राफर ) एफ ज्यानेल तथा यास्मिन गुरेरोले गर्ने छिन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...