Tuesday, April 4, 2017

अदालतको निर्णयमा कसैको जीत भएको भनिएको छैन ? संचार माध्यममा आएका समाचार झुटा हुन् : नगेन्द्र पौडेल ,एक पटक हेर्ने पर्ने यो (श्रब्य दृश्य )

दुई बर्ष अगाडी देखि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका अध्यक्ष पदका प्रत्यासी नगेन्द्र पौडेल लगायत अन्य पदाधिकारीहरु तथा वर्तमान कार्यकारी समिति बीच टेनेसीको अदालतमा मुद्धा सम्बन्धि आज भएको सुनुवाई को फैशला सम्बन्धि नगेन्द्र पौडेलले दिएको प्रत्यक्ष प्रशारण l

नगेन्द्र पौडेलले आफु र साथीहरुको नाम लिदै चुनावी प्रक्रिया कसरी भयो भन्ने बारेमा कागजात देखाईयोस र पारदर्शी बनाइयोस भनेर निवेदन हालेको कुरा प्रत्यक्ष प्रसारणमा उनले स्पष्ट कुरा राखे l निवेदन उपर कारवाई भएन र सुनुवाई भएन भनेर अन्तरराष्ट्रिय एनआरएनमा राखेको समेत बताए l चुनावमा धाँधली भएको अनुभूति भएकोले टेनेसीमा मुद्दा दायर गरेको पनि बताए l

उनले स्पष्ट पार्दै एनआर एनएनसिसि अमेरिकाले रोकेर राखेको कागजात केहि शिप नलागे पछि अदालत समक्ष कागजात बुझाउनु परेको समेत प्रत्यक्ष प्रसारणमा बताए l आलटाल गरेको हुनाले मुद्धामा आफ्नो धेरै खर्च लागेको कानुनि खर्च पाउ भनि राखेकोले अदालतले वर्तमान कार्यकारी समितिलाई ६ हजार डलर जरिवाना गरेको बताए l

नगेन्द्र पौडेलले टेनेसी अदालत अप्रिल ४ तारिख सुनुवाईमा मुख्य दुई कुरामा राखेको बताए l पहिलो टेनेसी अदालतले वर्तमान एनआरएन एनसीसी कार्यकारी समितिलाई ६ हजार डलर जरिवाना तिर्नु पर्ने फैशला गरेको बताए l

उनले प्रतक्ष्य प्रसारणमा बिपक्षी ले हारे ,एनआरएन यु एसएले चुनाव जित्यो ,ठुलो थप्पड पाए जस्ता अनर्गल ,असत्य ,झुटो समाचार आएकोले त्यसको प्रतिबाद गर्न आफु प्रत्यक्ष प्रसारणमा आएको बताए l प्रमाणका आधारमा मात्र नभई यथेष्ट प्रमाण आफु संग भएकोले पढेर सुनाए l

उनले खुला रुपले कसैलाई केहि जिज्ञाशा छ भने कुरा गर्ने तयार रहेको बताए l सामाजिक संजालले जे/जस्ले लेखे पनि हुने भनि आरोप समेत लगाए l

नगेन्द्र पौडेलले संचार माध्यम लाइ पनि चुनौती दिदै आफु पनि संचार कर्मी बिगतमा रहेकोले आफ्नो पेशाको मर्यादा राख्न ध्यानाकर्षण गरे l अरुले लेखेको भन्दा सत्य र तथ्य नभै समाचार प्रकाशित गरेको बताए l पत्रकारले समाचार सम्प्रेषण गर्ने हो l अरुले बनाएको समाचार गर्ने हैन भनि संचार कर्मीलाई सम्झाए l

प्रक्रिया बिरुद्ध हाम्रो आवाज हो भनेका छन् l

एक पटक हेर्ने पर्ने यो (श्रब्य दृश्य )

Good evening! I hope you will excuse me for my reaction in the beginning as I was being disturbed by my children.

Posted by Nagendra Paudel on Tuesday, April 4, 2017

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...