Sunday, April 30, 2017

विनोद चौधरीका छोराको विहेमा सलमान खान उपस्थित

 

काठमाडौं, १७ वैशाख । बलिउडका चर्चित अभिनेता सलमान खानले नेपालका एकमात्र अर्बपति ब्यापारी विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीको विवाह समारोहमा सहभागी भएर शुभकामना दिएका छन् ।

भारतस्थित राजस्थानको उदयपुरमा गएराति भएको विवाह समारोहमा सलमानका साथै अर्का अभिनेता शत्रुघन सिन्हा पनि उपस्थित थिए । विवाह समारोहमा करिब एक घन्टा बसेका सलमाले पाहुना र आफ्ना प्रशंसकसँग कुरा गरेका थिए ।

विनोद चौधरीका कान्छा छोरा वरुणको उदयपुरका व्यवसायी राजकुमार टोग्याकी छोरी अनुश्री टोग्यासँग विवाह भएको हो ।

भारतीय अनलाइन न्युज १८ का अनुसार विवाह समारोहमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघे र राजस्थानका सामाजिक न्यायमन्त्री अरुण चतुर्वेदी पनि सहभागी थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...