Tuesday, April 4, 2017

सुरु भयो ईपीजी बैठक

काठमाडौं ,२३ चैत । नेपाल र भारतबीचका सन्धि–सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले राजधानीमा बुधबारदेखि छलफल थालेको हो ।
यसअघि ईपीजीको बैठक तय भएर पनि दुईपटक सम्म सरेको थियो । अघिल्लोपटक भारतीय निर्वाचनले बैठक प्रभावित भए पनि यसपटक भने दुवै देशका बुद्धिजीवीहरुलाई एजेण्डामाथि छलफल गर्ने अवसर जुटेको छ ।

ईपीजी बैठकले विशेष गरेर सन् १९५० मा भएको बहुचर्चित सन्धिबारे मिहीन छलफल गर्नेछ । छलफलको अर्को एजेण्डा नेपाल–भारत व्यापार सम्बन्ध र जलस्रोतको सहकार्य समेत छ ।

बैठकमा भारतको तर्फबाट भगतसिंह कोसियारीको नेतृत्वमा बुद्धिजीवीहरु राजधानी आइपुगेका छन् । कोसियारी बिजेपीका नेता हुन् । कोसियारीसँगै पूर्वराजदूत जयन्तप्रसाद, महेन्द्रपी लामालगायतको उपस्थिति छ ।

नेपालको तर्फबाट छलफलको नेतृत्व पूर्वराजदूत भेषबहादुर थापाले गरेका छन् । बैठकमा सूर्यनाथ उपाध्यायलगायत नेपाली बुद्धिजीवीहरु सहभागी छन् ।दुई देशबीचको सन्धि पुनरावलोकनका लागि बैठक फलदायी हुने विश्वास लिइएको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...