जापानलाई कर्मथलो बनाउदै आएका नेपाली मूलका भट्ट ले जापानमा रेष्टुरेन्ट (चमेना गृह) व्यवसायमा १ सय ४० रेष्टुरेन्टको सख्या थप गर्दै अप्रीलबाट २ सय ७० पुरयाएका छन। एक दशकयता जापानीज चमेना गृह व्यवसाय गर्दै आएका भट्टले जापानका प्रमुख शहरहरुमा आफनो एकछत्र राज जमाउदै नयाँ चमेना गृह थप्न सफल भएका छन।
टिविआई होल्डिङस अन्तर्गतको होरी फुड होल्डिङस कम्पनी मातहतमा २ सय ७० रेष्टुरेन्ट संचालन हुने छन। होरी फुड होल्डिङस हालै जापानमा पब्लिक लिमिटेडमा प्रवेश गरेको कम्पनी हो।
यसअघि रेष्टुरेन्ट तर्फमात्र वाक २२ अर्व जापानी येनको कारोवार गर्दै आएको टिविआई होल्डिङसले नयाँ संख्या थपिएसंगै कुल ३० अर्वको कारोवार हुने भट्टले अनुमान गरेका छन। टिविआई होल्डिङस भवन भट्टले स्थापना गरेको कम्पनी हो। यस अन्तर्गत रेष्टुरेन्ट, रियलस्टेट, ईम्पोर्टएक्सपोर्ट र फुड एण्ड वेभरेज कम्पनीहरु संचालनमा रहेका छन। करिव ३ सय बढी नेपाली सहित ४ हजार जापानी कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाएका छन।
निरन्तर लगावका कारण व्यवसायमा सफलता मिलेको प्रतिकृया दिदै टिविआई ग्रुपका अध्यक्ष भवन भट्टले व्यवसायसंगै समाजसेवालाई समेत निरन्तरता दिने बताएका छन। उनी विश्वमा धेरै चमेनागृह स्वामी बन्ने पहिलो नेपाली हुन।
No comments:
Post a Comment