Sunday, April 30, 2017

मे १२ आबुधाबीमा २५६१ औं बुद्ध जयन्ती मनाउदै।

चालीस संघसस्थाहरुको सयुक्त आयोजनामा अबुधाबिको फोक्लोर थेएटर हलमा मे १२ सुक्रबार मा २५६१ औं बुद्ध जयन्ती मनाउन लागिएको छ।

राष्ट्रिय बिभुती, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भुमी नेपालको पर्यटक प्रबर्द्धन संगै अन्य देशले गौतम बुद्धको बारेमा छरेको भ्रम चिर्नको लागि पनि यो कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजन सुरेन्द्र थिङ तामाङले पत्रकार सम्मेलनमा जानकारी दिएका छन।

ई.पु. ५६३ मा राजा सुद्धोधन र आमा मायादेवीको कोखबाट नेपालको लुम्बिनीमा जन्म लिनु भएका भगवान गौतम बुद्धले २९ वर्षको उमेर गृह त्याग गरि तपस्या गरे पश्चात् भारतको बोधगयामा बैशाख शुक्ल पुर्णिामाका दिन ज्ञान प्राप्त गर्नु भएको थियो र पछि बिश्वमा शान्तिको दूत भगवान बुद्ध भनेर चिनिनु भएको हो, बेला बेलामा बुद्ध भारतमा जन्मिनु भएको भनि गलत प्रचार-प्रसार भै रहेको पनि यदाकदा नसुनिएको होइन र यस्ता गलत प्रचारलाइ चिर्न पनि युएइमा बुद्ध जयन्ती मनाउदा केहि हदसम्म यस्ता खाले भ्रम चिर्ने आयोजकहरुले दाबी गरेका छन।

आर्थिक सयोजक एकेन्द्र बहादुर थापाले लगभग १२ लाख ( चालिस हजार युएई दिराम ) को अनुमानित खर्चको बजेटको अनुमान गर्दै कार्यक्रम बाट करिब पन्ध्र देखि अठार लाख ( युएई दिराम पचास देखि साठी हजार) सम्म आम्दानी हुने खाका प्रस्तुत गर्दै कार्यक्रमको टिकट ४० दिराम राखिएको र निशुल्क यातायात ब्यबस्था पनि मिलाईएको हिमालय अनलाइन मिडियालाइ जानकारी दिएका छन।

उक्त कार्यक्रमलाई संगीतमय बनाउनुको लागि नेपालबाट चर्चित सेलो गायक रोज मोक्तान, लोक गायक खुमन अधिकारी र लोक गायिक कोपिला गुरुङको साथमा प्रवासी कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने छ भएन कार्यक्रमको मुख्य आकर्षकको रुपमा बौद्ध महासंघको पुर्व अध्यक्ष एवं बौद्ध धर्म गुरु खेन्पो भगेन्द्र सिलाले प्रवचन दिने रहेको छ।

युएईको राजधानी अबुधाबीमा हुने उक्त सयुक्त कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ युएई ,नेपाली समाज,नमस्ते ट्राभल, नेप्लिज सोसल क्लब,नेपाली जन प्रगतिशील मंच, नेपाल विस्व सहयोग संघ, शेर्पा किदुग, किरात याक्थुङ चुम्लुङ, तमु समाज, गोरखा सेवा समाज, सुनुवार सेवा समाज , नेपाली समुदाय, थारु समाज, काभ्रे सेवा समाज युएई लगाएत अन्तर्राष्ट्रिय कलाकार समाज, दलित एकता सञ्जाल, लुम्बिनी वेल्फेर सोसाइटी, पर्वत सेवा समाज, रुपन्देही सेवा समाज, नवलपरासी सेवा समाज, कास्की आदर्श सेवा समाज, सर्लाही सेवा समाज,किरात राई यायोख्या, नेपाल मगर संघ शाखा, लिः ल फङ घले समाज, सिलेट ट्राभल एण्ड टुर्स, चितवन समाज, प्रवासी नेपाली एकता समाज, तामङ समाज, अल सम्हा टावर क्याफ्टेरिया, अर्घाखाँची सम्पर्क समिति, स्याङ्जा सहयोग समाज, हिमालय वल्र्ड ट्राभल, नेपाली कलाकार समूह, प्रबासी भुजेल समाज सेवा समिति, त्रिशुली समाज, मितेरी समाज, माझी समाज, अन्तर्राष्ट्रिय नेपाली समाज लगायत युएईमा क्रियासिल ४० संघ-संस्थाहरुले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...