अमेरिकाको न्युयोर्कमा भएको तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नेपालका केहि रेफ्री (निर्णायक)ले निर्णायकको भूमिका निर्वाह गरेका छन् l प्रतिनिधित्व गर्नेहरुमा गर्दै नेपाल अन्तर राष्ट्रिय तेक्वान्दो महासघका पूर्व महासचीव तथा उपाध्यक्ष समेत रहेका ओमकार बुढा मगर, सुर्जन घर्ती मगर र घम बहादुर थापा रहेका छन् l
उनीहरुले गत अप्रिल २९ मा अमेरिकाको न्युयोर्कमा आयोजना भएको तेस्रो गोल्डेन वारियर युसए च्याम्पियनशिप २०१७ मा रेफ्रीको निर्वाह गरेका थिए l उक्त प्रतियोगितामा करिव ३ सय खेलाडी तथा ४० जना अफिसियलहरु सहभागी भएको नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासघका पूर्व अध्यक्ष तथा सयुक्त राज्य तेक्वान्दो महासघका सल्लाहकार मास्टर कृष्ण बहादुर बलाल ले जानकारी दिएका छन् l
No comments:
Post a Comment